Like us!
Follow us!
Connect us!
Watch us!

नाडेप लघुवित्तकाे आकर्षक प्रगति : नाफा ८३६९.११ प्रतिशतले बढ्याे, ईपीएस कति ?

अर्थ संसार

शुक्रबार, २२ साउन २०७८, ०८ : २९ मा प्रकाशित

नाडेप लघुवित्तकाे आकर्षक प्रगति : नाफा ८३६९.११ प्रतिशतले बढ्याे, ईपीएस कति ?

नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार चाैथाे त्रैमाससम्म संस्थाले लाेभलाग्दाे प्रगति गरेकाे देखिएकाे छ ।

गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्म आइपुग्दा संस्थाले १५ करोड ६८ लाख ४८ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा ८३६९.११ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले १८ लाख ५२ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेकाे थियो ।

चाैथाे त्रैमाससम्म आइपुग्दा संस्थाले ४७ करोड ५७ लाख ७ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा ८७.५७ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले २५ करोड ३६ लाख १४ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।

हालसम्म संस्थाकाे सञ्चालन नाफा पनि २७०६.०५ प्रतिशतले बढेर २४ करोड ३८ लाख ७४ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाकाे सञ्चालन नाफा ८६ लाख ९१ हजार रूपैयाँ मात्र रहेकाे थियाे ।

त्यस्तै, संस्थाकाे चुक्ता पूँजी ४० कराेड ४८ लाख रूपैयाँ छ । संस्थाकाे जगेडा कोषमा ३६ करोड ७२ लाख ९ हजार रुपैयाँ पुगेकाे छ । संस्थाकाे प्रतिसेयर आम्दानी ३८ रुपैयाँ ७५ पैसा पुगेको छ ।

संस्थालाई डिप्रोक्स लघुवित्तले प्राप्ति गर्दैछ । साेही कारण दाेश्राे बजारमा गत पुस १७ गतेदेखि संस्थाकाे काराेबार राेक्का छ ।

संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :

610ca50ccdc3e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको