Like us!
Follow us!
Connect us!
Watch us!

कक्षा १२ को परीक्षा स्थगित

अर्थ संसार

शनिबार, २३ साउन २०७८, १५ : १९ मा प्रकाशित

कक्षा १२ को परीक्षा स्थगित

कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज (शनिबार) बसेको बैठकले  कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

बोर्डले कक्षा १२ को आगामी साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म तय गरेको थियो । कोरोना संक्रमणदर दिनहुँ बढ्न थालेपछि शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको थियो ।

मन्त्रालयले शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको थियो । अहिले दैनिक ४ हजारको हाराहारीमा कोरोना भाइरस संक्रमित फेला पर्न थालेको छ  ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको