Like us!
Follow us!
Connect us!
Watch us!

कक्षा १२ को नतिजा मङ्सिर २० भित्र

पत्रपत्रिका

विहीबार, ०९ मंसिर २०७८, ०७ : ४९ मा प्रकाशित

कक्षा १२ को नतिजा मङ्सिर २० भित्र

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा मङ्सिर २० गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।

परीक्षा गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो । बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार अहिले उत्तरपुस्तिका परीक्षणबाट प्राप्त नतिजालाई सम्परीक्षण तथा तालिकीकरणको काम भइरहेको छ ।

नियमित कामबाहेक अन्य कुनै प्राविधिक समस्या नआए मङ्सिर २० भित्रै नतिजा सार्वजनिक हुने शर्माले बताए । कोभिड–१९ को महामारीका कारण परीक्षाको तालिका सार्वजनिक गरेर पनि दुई पटक स्थगित भएको थियो । परीक्षामा मुलुकभरबाट तीन लाख ७५ हजार परीक्षार्थी सहभागी छन् ।

यस पटकको नतिजा सार्वजनिक नभए पनि अर्को परीक्षामा सहभागी हुन चाहने परीक्षार्थीका लागि भने बोर्डले रजिस्ट्रेसन तथा आवेदन फारामको तालिका सार्वजनिक गरिसकेको छ ।

स्थगित परीक्षा १६ गते

भदौ ३० गतेदेखि सञ्चालित परीक्षामा कोभिड–१९ सङ्क्रमण भएर सहभागी हुन नसकेका परीक्षार्थीका लागि बोर्डले मङ्सिर १६ गते अर्को परीक्षा सञ्चालन गर्ने भएको छ ।

परीक्षा नियन्त्रक शर्माका अनुसार परीक्षार्थी रहेका सम्बन्धित जिल्लाबाटै परीक्षा दिने व्यवस्था मिलाइनेछ । शर्माका अनुसार यस्ता परीक्षार्थी मुलुकभर ४१ जना छन् । उहाँको परीक्षाको नतिजा भने अन्य परीक्षार्थीको भन्दा केही समय ढिलो हुनेछ ।

(याे समाचार आजकाे गाेरखापत्र दैनिकमा छ ।)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको