Like us!
Follow us!
Connect us!
Watch us!

शनिबार ३२१८ संक्रमित थपिए, १७२२ जनाले जिते कोरोना

अर्थ संसार

शनिबार, २३ साउन २०७८, १७ : ०१ मा प्रकाशित

शनिबार ३२१८ संक्रमित थपिए, १७२२ जनाले जिते कोरोना

पछिल्लो २४ घण्टामा ३ हजार २ सय १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो अवधिमा १ हजार ७ सय २२ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ८ हजार ८६६ जनाको नमुना परीक्षण गर्दा २ हजार २३१ जना र एन्टिजेन विधिबाट ४ हजार ७०७ जनाको परीक्षण गर्दा ९८७ जना गरी ३ हजार २ सय १८ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, सो अवधिमा १८ जनाको मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ४३२ जना रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको