Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ इक्विटी फन्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को बुक्क्लोज मिति तय

अर्थ संसार

आइतबार, २४ साउन २०७८, ०६ : ५१ मा प्रकाशित

सिद्धार्थ इक्विटी फन्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को बुक्क्लोज मिति तय

सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले लाभांश प्रयोजनार्थ बुकक्लोज मिति तय गरेका छन् ।

लाभांश प्रयोजनार्थ कम्पनीले साउन ३२ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले साउन ३१ गतेसम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीहरुले मात्र लाभांश प्राप्त गर्नेछन् । 

सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले गत आर्थिक वर्षको नाफाबाट आफ्ना इकाईधनीहरूलाई ३० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका हुन् ।

सिद्धार्थ क्यापिटलको साउन २१ गते, (बिहीबार) बसेको सञ्चालक समितिको बैठकले दुवै योजनाका इकाईधनीहरूलाई करसहित ३० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको