Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी लघुवित्तद्धारा साधारणसभा आह्वान, लाभांश पारित सहितका यस्ता छन् प्रस्ताव

अर्थ संसार

बुधबार, ०३ फागुन २०७९, ०८ : ३९ मा प्रकाशित

लक्ष्मी लघुवित्तद्धारा साधारणसभा आह्वान, लाभांश पारित सहितका यस्ता छन् प्रस्ताव

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश पारित सहितका ऐजेन्डा पारित गर्न साधारणसभा आह्वान गरेको छ । संस्थाको सञ्चालक समितीले गर्ने निर्णय अनुसार संस्थाको ११ औँ बार्षिक साधारणसभा फागुन २९ गते अग्रवाल भवन, कमलपोखरी काठमांडौमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

लघुवित्तको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश(कर प्रयोजनार्थ समेत) गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो । सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

साथै सभाले सर्वसाधारण समुहबाट सञ्चालक समितीमा प्रतिनिधित्व गर्ने सञ्चालकहरु निर्वाचन गर्नुका बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन २०७३ बमोजिम संस्थाको संस्थापक सेयरलाई साधारण सेयरमा परिणत गर्ने प्रस्ताव पारित गर्नेछ । 

लघुवित्तले साधारणसभा तथा लाभांश प्रयोजनार्थ फागुन १७ बुकक्लोज गर्ने निर्णय गरेको छ त्यसैले फागुन १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभाका सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको