मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूको डिम्याट खातामा बोनस सेयर जम्मा गरिदिएको छ ।
बैंकले पुस ३० गते सम्पन्न १६ औं वार्षिक साधारण सभाबाट पारित भएको १३.५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराई शेयरधनीको हितग्राही खातामा जम्मा भएको जनाएको छ । पस १९ गतेसम्म डिम्याट खाता अभौतिकिकरण गराएका सेयरधनीहरुको खातामा बोनस पठाइसकेको र सो मिति पश्चात अभौतिकिरण गराएका सेयरधनीहरुको हकमा क्रमश जम्मा गरिने कम्पनीले जनाएको छ ।
भौतिक रुपमा सेयर धारण गरेका सेयरधनीहरूले कम्पनीको सेयर अभौतिकीकरण गराएपश्चात् स्वतः हितग्राही खातामा बोनस सेयर जम्मा हुने कम्पनीले जनाएको छ ।
बैंकले प्रकाशन गरेको सूचनाः
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस