Like us!
Follow us!
Connect us!
Watch us!

सर्वाधिक काराेबार हुने १० कम्पनी, १० वटै हाइड्राेपावर

नेप्से

आइतबार, २४ साउन २०७८, १५ : ४७ मा प्रकाशित

सर्वाधिक काराेबार हुने १० कम्पनी, १० वटै हाइड्राेपावर

आज (आइतबार) सेयर बजारमा हाइड्राेपावरले धेरै स्थान ओगटेकाे छ । आइतबार सर्वाधिक काराेबार हुने १० वटा कम्पनीहरूमध्ये १० वटै हाइड्राेपावरहरू रहेका छन् । अनि सर्वाधिक नाफा कमाउने अधिकांश कम्पनीहरू पनि हाइड्राेपावर छन् ।

पछिल्लाे समय हाइड्राेपावर कम्पनीहरूमा लगानीकर्ताकाे आकर्षण निरन्तर बढिरहेकाे छ । 

केही हाइड्राेपावर कम्पनीले आकर्षक वित्तीय विवरण सार्वजनिक गरिरहँदा लगानीकर्ताकाे ध्यान यसतर्फ माेडिएकाे अनुमान लगाउन सकिन्छ । यति मात्र नभएर विद्युत् आयोजनाका प्रवर्द्धक कम्पनीहरूले बैंक तथा वित्तीय संस्थाको ऋण तिर्नका लागि हकप्रद सेयर निष्कासन गर्न पाउने प्रस्ताव विद्युत् नियमन आयोगले अगाडि बढाएको छ । आयोगले विद्युत् कम्पनीको सेयरको सार्वजनिक निष्कासनपूर्व स्वीकृतिसम्बन्धी निर्देशिका, २०७६ को प्रथम संशोधन प्रक्रिया अगाडि बढाएको छ । आयोगले निर्देशिकाको संशोधित मस्यौदामा यस्तो प्रस्ताव गरेको हो । साेही कारण पनि हाइड्राेपावरप्रति लगानीकर्ताकाे  आकर्षण बढेकाे अनुमान लगाउन सकिन्छ ।

अन्तत: हरियाे भएरै बन्द भयाे नेप्से, हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण कायमै

आइतबार अपि पावर कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ८१ कराेड ८५ लाख ८७ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

त्यसपश्चात् धेरै काराेबार हुने दाेश्राे कम्पनीमा अरूण भ्याली हाइड्राेपावर कम्पनी रहेकाे छ । कम्पनीकाे ६० कराेड ५० लाख ३४ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

त्यसैगरी, सर्वाधिक काराेबार हुने कम्पनीहरूकाे तेश्राे नम्बरमा युनिभर्सल पावर कम्पनी रहेकाे छ । कम्पनीकाे ५४ कराेड ४४ लाख ९३ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

सर्वाधिक काराेबार हुने अन्य कम्पनीहरूमा क्रमश :  ङादी ग्रुप पावर, बुटवल पावर, राधी विद्युत, अरूण काबेली, सानिमा माइ हाइड्राेपावर, अपर तामाकाेशी र सिनर्जी पावर रहेका छन् ।

610fa5eedd04c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको