Like us!
Follow us!
Connect us!
Watch us!

सिनर्जी पावरका लगानीकर्तालाई दुवै हातमा लड्डु !

नेप्से

सोमबार, २५ साउन २०७८, १० : ३८ मा प्रकाशित

सिनर्जी पावरका लगानीकर्तालाई दुवै हातमा लड्डु !

सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । यसका साथसाथै कम्पनीले हकप्रद सेयर पनि निष्कासन गर्ने प्रस्ताव गरेकाे छ ।

कम्पनीकाे हिजाे (साउन २४ गते, आइतबार) बसेकाे सञ्चालक समितिकाे बैठकले कम्पनीकाे २०७८ असार मसान्तसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने ७ करोड ३३ लाख २५ हजार बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशतले हुन आउने ३८ लाख ५९ हजार ९४ रुपैयाँ ७५ पैसा नगद लाभांश गरि कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

त्यसैगरी कम्पनीले हकप्रद सेयर पनि प्रस्ताव गरेकाे छ । कम्पनीले बोनस वितरण गरेपश्चात कायम हुने पुँजीको २:१ को अनुपातमा हुन आउने हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको हो । 

सिनर्जी पावरको नाफामा २४.१४ प्रतिशतकाे गिरावट, प्रतिसेयर आम्दानी कति ?

सूचीकृत कम्पनीहरूमध्ये सिनर्जी पावर लाभांश घाेषणा गर्ने पहिलाे कम्पनी बनेकाे छ । यसअघि केही म्युचुअल फण्डहरूले लाभांश घाेषणा गरेका थिए ।

6110b75dc6916.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको