Like us!
Follow us!
Connect us!
Watch us!

सिनर्जी पावरको लिलामी सेयर खोलियो, कतिमा कायम भयो कटअफ ?

अर्थ संसार

बुधबार, २२ कार्तिक २०८०, १७ : १४ मा प्रकाशित

सिनर्जी पावरको लिलामी सेयर खोलियो, कतिमा कायम भयो कटअफ ?

सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले हकप्रद सेयर लिलामी बिक्रीमा आवेदन परेका गोप्य शिल्ड बिड आज अर्थात कार्तिक २२ गते खोलिएको छ।  

सेयर लिलामको गोप्य शिल्ड आज बिहान देखि नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालय नारायणचौर नक्साल, काठमाण्डौमा खोलिएको थियो।

सानिमा क्यापिटलमा खोलिएको अवितरित हकप्रद सेयरको बोलपत्रमा साधारण सेयरको कटअफ मूल्य १४२ रुपैयाँ ६० पैसा कायम भएको छ । यधपि क्यापिटलले खोलिएका बोलपत्रका आवेदन रुचु गरेर अन्तिम सेयर  बाँडफाँड सम्बन्धी भने बाँकी रहेको बिक्री प्रबन्धक  सानिमाले जानकारी दिएको छ। 

सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले अवितरित हकप्रद सेयर लिलाम बढाबढ प्रक्रियामार्फत कात्तिक १ गतेदेखि कात्तिक १५ गतेसम्म आवेदन दिन  खुलाएको थियो।  यस अघि कम्पनीले भदौ ३ गतेदेखि भदौ ३१ गतेसम्म २: १ अनुपातमा निष्काशन गरेको हकप्रद सेयर निष्काशन गरेको थियो । उक्त अवधिमा आवेदन नपरेको सेयर लिलाम प्रक्रिया मार्फतबाट बिक्री गर्ने भएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४० लाख ३२ हजार ८५७ कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो। जसमध्य आवेदन परेको ३४ लाख ६९ हजार ६१४ कित्ता हकप्रद सेयर, असोज १६ गते बाँडफाँड गरी बाँकी रहेको ५ लाख ६३ हजार २६१ कित्ता सेयर लिलाम बिक्री गरेको थियो। 

सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले १०० रुपैयाँ र सो भन्दा बढी मूल्य अंकित गरी शिलबन्दी बोलपत्र पेश गरेका छन्। सेयर बाँडफाँड गर्दा सबै भन्दा बढी प्रति सेयर मूल्य कबुल गर्ने बोलपत्रदातालाई सेयर बाँडफाँड गरिने छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको