Like us!
Follow us!
Connect us!
Watch us!

सिनर्जी पावरको हकप्रद सेयरमा आवेदन दिने समय थप

अर्थ संसार

आइतबार, २४ भदौ २०८०, ०८ : ४३ मा प्रकाशित

सिनर्जी पावरको हकप्रद सेयरमा आवेदन दिने समय थप

सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले भाद्र ३ देखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद सेयरको समय थप गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने लागेको हो। हकप्रदमा अब अब भदौ ३१ गतेसम्म आवेदन दिन सकिने भएको छ।

हाल कम्पनीको चुक्ता पूँजी ८० करोड ६५ लाख ७५ हजार रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब २० करोड ९८ लाख ६२ हजार ५०० रुपैयाँ पुग्नेछ।कम्पनीले ४० करोड ३२ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सेयर निष्काशन गर्ने तय गरको हो। 

कसले भर्न सक्छ हकप्रद ?
हकप्रद प्रयोजनार्थ कम्पनीले साउन १२ गते बुकक्लोज गरेको थियो। जस अनुसार साउन ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीहरुले मात्र यस कम्पनीको हकप्रदमाआवेदन दिन सक्नेछन्। 

कहिले सम्म भर्न सकिन्छ ?
कम्पनीको हकप्रद सेयर भाद्र ३ देखि भदौ २४ गतेसम्म आवेदन दिन खुला रहेकोमा समय थप गर्दै भदौ ३१ सम्म खुला गरेको छ 

बिक्री प्रबन्धक 
यस हकप्रदको बिक्रि प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। 

कसरी दिने आवेदन?
नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत र सिडिएस एण्ड क्लियरिङ्गको सफ्टवेयर मेरो सेयर अनलाइन प्रयोग गरी आवेदन दिन सकिनेछ। तेस्तै लगानीकर्ताले सानिमा क्यापिटल तथा सानिमा बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

रेटिङ्ग 
हकप्रद निष्काशनलै इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस प्रदान गरेको छ। यसले  वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

हकप्रदको उपयोग 
कम्पनीले सोलुखुम्बु जिल्लामा निर्माण हुने २२ मेगावाटको मध्य होङ्गु खोला ‘ए’ जलविद्युत आयोजना प्रबद्र्धक कम्पनी एपेक्स मकालु हाइड्रोपावर लिमिटेडमा ४० प्रतिशत अर्थात ४४ करोड २६ लाख ८६ हजार रुपैयाँ स्वपूँजी लगानी गर्ने निर्णय गरेको छ। 

तेस्तै हाइड्रोपावरले वागमती प्रदेशको दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका वडा नं ८ र ९ बीच भएर बहने सिप्रिङ खोलाबाट १० मेगावाट क्षमताको जलविद्युत उत्पादन गर्ने उद्देश्य अनुरुप २०६९ माघ ३ गतेदेखि विद्युतको व्यापारिक उत्पादन गरिरहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको