Like us!
Follow us!
Connect us!
Watch us!

कात्तिक १ गतेदेखि सिनर्जी पावर डेभलपमेन्टको अवितरित हकप्रद सेयर लिलाम खुल्ने

अर्थ संसार

सोमबार, २२ असोज २०८०, ०९ : ५१ मा प्रकाशित

कात्तिक १ गतेदेखि सिनर्जी पावर डेभलपमेन्टको अवितरित हकप्रद सेयर लिलाम खुल्ने

सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले अवितरित हकप्रद सेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले कात्तिक १ गतेदेखि सेयर लिलाम खुलाउने भएको हो। यस अघि कम्पनीले भदौ ३ गतेदेखि भदौ ३१ गतेसम्म २: १ अनुपातमा निष्काशन गरेको हकप्रद सेयर निष्काशन गरेको थियो । उक्त अवधिमा आवेदन नपरेको सेयर लिलाम प्रक्रिया मार्फतबाट बिक्री गर्ने भएको हो ।लिलाम सेयरका लागि कात्तिक १ गतेदेखि कात्तिक १५ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४० लाख ३२ हजार ८५७ कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो। जसमध्य आवेदन परेको ३४ लाख ६९ हजार ६१४ कित्ता हकप्रद सेयर, असोज १६ गते बाँडफाँड गरी बाँकी रहेको ५ लाख ६३ हजार २६१ कित्ता सेयर लिलाम बिक्री गर्न लागेको हो। 

सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले बोलपत्र पेश गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरी शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ। लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम ५ लाख ६३ हजार २६१ कित्ता सेयरका लागि आवेदन दिन सकिने छ ।

लगानीकर्ताले बिक्री प्रबन्धकका साथै सानिमा बैंकका, हेटौँडा, नारायणगढ, विराटनगर, विर्तामोड, वीरगञ्ज, जनकपुर, बुटवल, घोराही, नेपालगञ्ज, विरेन्द्रनगर, धनगढी, महेन्द्रनगर र पोखरा बैंक शाखा कार्यालय तथा गरिमा विकास बैंकको बाग्लुङ्ग शाखा कार्यालयबाट बोलपत्र आवेदन फाराम पाउन र बुझाउन सक्नेछन्। सेयर बाँडफाँड गर्दा सबै भन्दा बढी प्रति सेयर मूल्य कबुल गर्ने बोलपत्रदातालाई सेयर बाँडफाँड गरिने छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको