Like us!
Follow us!
Connect us!
Watch us!

मध्य भोटेकोशीको आईपीओमा हालसम्म कति पर्याे आवेदन ? यस्तो छ पछिल्लो अपडेट

अर्थ संसार

बुधबार, २७ साउन २०७८, ११ : ४८ मा प्रकाशित

मध्य भोटेकोशीको आईपीओमा हालसम्म कति पर्याे आवेदन ? यस्तो छ पछिल्लो अपडेट

मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले साउन ५ गते, मंगलबारदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूलाई पुनः निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) मा हालसम्म ८२ हजार जना लगानीकर्ताले आवेदन दिएका छन् ।

निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार ८२ हजार १ सय ३४ जना आवेदकले १ कराेड ६६ लाख १६ हजार २ सय ९० कित्ताका लागि आवेदन दिएका छन् ।  यो माग भन्दा २.७६ गुणा धेरै आवेदन हो । 

कम्पनीले पहिलो चरणमा प्रतिसेयर १०० अंकित दरका कुल ६० लाख कित्ता साधारण सेयर निष्कासन गरेको हो । जसमध्ये ३० प्रतिशत अर्थात १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिका वडा नं. १ र ५, बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाहरुका लागि छुट्याइएको छ भने बाँकी ७० प्रतिशत अर्थात ४२ लाख कित्तामा सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुलाई छुट्याइएको छ । 

उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतममा ४०० कित्ताका लागि साउन ३२ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले गत वैशाख ५ गते नेपाल धितोपत्र बोर्डबाट कुल १ करोड ५० लाख कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो। जसमध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाको निष्कासन गरेको हो । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ९० लाख कित्ता निष्कासन गर्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको