Like us!
Follow us!
Connect us!
Watch us!

पुँजीबृद्धिका लागि हकप्रद अनुमतिको पर्खाइमा कर्पोरेट डेभलपमेन्ट बैंक

अर्थ संसार

बुधबार, २७ साउन २०७८, १२ : ०४ मा प्रकाशित

पुँजीबृद्धिका लागि हकप्रद अनुमतिको पर्खाइमा कर्पोरेट डेभलपमेन्ट बैंक

बिरंगजमा केन्द्रिय कार्यालय रहेको कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले वि.स २०६४ साल कार्तिक २१ देखि कारोबार संचालन गरेको हो ।

यस बैंकको संस्थापक सेयरधनीहरुमा सरकारी सेवा एवं व्यवस्थापनमा अनुभव तथा लामो समयदेखि दख्खल भएका प्रतिष्ठित व्यवसायीहरु रहेका छन् ।

बैंकको पछिल्लो वित्तीय अबस्थालाई हेर्दा बैंकको गत आर्थिक बर्षको चौथो त्रैमाससम्म अर्थात गत आर्थिक बर्षको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीका प्रतिसेयर आम्दानी ६ रुपैयाँ ७१ पैसा रहेको छ । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी १२ रुपैयाँ १२ पैसा रहेको थियो ।

आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमाससम्ममा बैंकले २ करोड ६ लाख रुपैँया मुनाफा आर्जन गरेको छ । पहिलो त्रैमासमा ५६ लाख ५० हजार रुपैयाँ खूद मुनाफा आर्जन गरेको थियो । 

२०७७ चैत्र मसान्त सम्ममा बैंकले १ करोड ९३ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । त्यस्तै बैंकको सञ्चालन मुनाफा २ करोड ९ लाख रुपैयाँ रहेको छ । 

ग्त आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा बैंकको वितरणयोग्य मुनाफा २ करोड ६ लाख रुपैयाँ रहेको छ । यो अवधिमा बैंकको बुक भ्यालु १४८ रुपैयाँ ६१ पैसा पुगेको छ । ४१ करोड रुपैयाँ अधिकृत पूँजी भएको बैंकको जगेडा कोषमा २१ करोड ५३ लाख रुपैयाँ रहेको छ ।   

हाल नेप्सेमा बैंकको ४१ लख सेयर सुचिकृत छ । बैंकको सेयर एक बर्षयता अधिकतम १ हजार ३९ रूपैयाँ र न्युनतम १ सय १२ रूपैयाँमा कारोबार भएको छ । पछिल्लो १८० दिनको औषत मूल्य ५ सय ८२ रूपैयाँ रहेको छ भने १२० दिनको औषत मूल्य ७०७ रुपैयाँ कायम भएको देखिन्छ । यसरी हेर्दा कम्पनीको सेयर मूल्य निरन्तर रुपमा उकालो लागिरहेको देखिन्छ ।

बैंकको सेयर मूल्यलाइ एक छिन नियालौं । बैंकको सेयर मूल्य ब बर्षमा ७५६ प्रतिशतले बृद्धि भएको देखिन्छ । यो कम्पनीको वित्तिय विवरणहरु हेर्दा कम्पनीको सेयर मूल्य बढि देखिन्छ । 

नेपालका विभिन्न विकास बैंकहरुको तुलनामा यो बैंकको चुक्ता पुँजी कम भएकाले पनि यसले पुँजी बृद्धिका लागि नियामक निकाय धितोपत्र बोर्ड १ः१.५ को अनुपातमा हकप्रद जारी गर्नका लागि निवेदन पेस गरेको छ । 

बैंकको हकप्रद अहिले सेबोनको पाइपलाइनमा छ । कम्पनीले हकप्रद जारी गर्ने भएपछि यो कम्पनीको सेयर मूल्य निरन्तर बृद्धि भइरहेको छ । बैंकले धितोपत्र बोर्डले दिएको कमेन्टको प्रतिक्रिया यहि साउन १७ गते दिएको छ अब सबोनले बैंकले दिएको प्रतिक्रिया हेरेर बैंकलाई हकप्रदको अनुमति दिन सक्ने छ । 

कम्पनी को सेयर मूल्यको प्राविधिक प्रक्षेपण यस्तो छः 


 

61138d19ca335.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको