Like us!
Follow us!
Connect us!
Watch us!

माेदी इनर्जीले आईपीओ निष्कासन गर्ने, डाक्यो साधारण सभा

अर्थ संसार

बुधबार, २७ साउन २०७८, १३ : २६ मा प्रकाशित

माेदी इनर्जीले आईपीओ निष्कासन गर्ने, डाक्यो साधारण सभा

माेदी इनर्जी कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएकाे छ । कम्पनीले (आईपीओ) निष्कासन गर्ने प्रस्तावसहित विशेष साधारण सभा आह्वान गरेको छ ।

कम्पनीको साउन ११ गते बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा भदाै २ गते कम्पनीकाे रजिष्टर्ड कार्यालय, डिल्लीबजार, काठमाडौंमा दिउँसाे ३ बजेदेखि भर्चुअल माध्यमबाट सुरू हुनेछ । 

सभामा आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिनेछ । त्यस्तै, सभाले कम्पनीले ॠण लिने सम्बन्धमा विशेष प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

611380d9ebd65.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको