नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बैंक अफ काठमाण्डू लिमिटेडको १६ लाख कित्ता ऋणपत्र सूचिकृत भएको छ ।
स्टकका अनुसार “८.५० प्रतिशत बि.ओ.के डिबेन्चर २०८६” को १६ लाख कित्ता ऋणपत्र सूचिकृत भएको हो ।
बैंक अफ काठमाण्डू लिमिटेडले मंसिर २४ गते, बुधबारबाट मङ्सिर २९ गते, साेमबारसम्म १० वर्ष अवधिकाे लागि “८.५० प्रतिशत बि.ओ.के डिबेन्चर २०८६” नाममा १ अर्ब ६० कराेड रूपैयाँ बराबरको १६ लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे । साेही ऋणपत्र नेप्सेमा सूचिकृत भएकाे हाे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस