Like us!
Follow us!
Connect us!
Watch us!

दिनहुँ नयाँ रेकर्ड बनाउँदै सेयर बजार, विकास बैंकमा लगानीकर्ताको आकर्षण

अर्थ संसार

विहीबार, २८ साउन २०७८, १४ : ५९ मा प्रकाशित

दिनहुँ नयाँ रेकर्ड बनाउँदै सेयर बजार, विकास बैंकमा लगानीकर्ताको आकर्षण

नेपाली सेयर बजारले आज फेरि नयाँ ईतिहास बनाएकाे छ । सेयर बजारमा आज फेरि अल टाइम हाइ रेकर्ड बनेकाे छ । पछिल्लाे समय नेपाली सेयर बजार नयाँ कीर्तिमानीतर्फ लम्किरहेकाे छ ।

दिनहुँ नयाँ रेकर्ड बनाइरहेकाे सेयर बजारले यस साताकाे अन्तिम काराेबार दिन आज (बिहीबार) ३१७९ विन्दुमा पुगी फेरि नयाँ रेकर्ड बनाएकाे छ । याे बन्द हुँदाकाे हालसम्मकै उच्च विन्दु हाे । तर इन्ट्रा डे काराेबारमा भने नेप्से यसमाथि पुगीसकेकाे छ ।

सेयर बजारले हरेक दिन नयाँ रेकर्ड बनाउन थालेपछि लगानीकर्ताहरू पनि उत्साहित छन् । लगानीकर्ताहरूकाे मनाेबल पनि बढ्दै गइरहेकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक १६.४१ अंकले बढेर ३१७९ विन्दुमा पुगेकाे छ । नेप्से ०.५२ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ५.४६ अंकले बढेर ५९१.१६ विन्दुमा पुगेको छ ।

नेप्से परिसूचकसँगसँगै काराेबार रकममा पनि उछाल देखिएकाे छ । कूल २२५ वटा कम्पनीकाे ३ कराेड ६६ लाख ८ हजार ४ सय ६१ कित्ता सेयर खरिदबिक्री हुँदा १७ अर्ब ५१ करोड ३२ लाख ७६ हजार एक सय १५ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

6114e8d30e501.jpg

काराेबार भएका १३ उपसमूहमा ७ वटा उपसमूहकाे सेयर बढेकाे छ । बाँकी ६ वटा उपसमूहकाे सेयर घटेकाे छ । सबैभन्दा धेरै विकास बैंककाे सूचक बढेकाे छ । विकास बैंक र फाइनान्सलाई सहयाेग पुग्ने गरी माैद्रिक नीति आउन लागेकाले यसतर्फ लगानीकर्ताकाे आकर्षण बढेकाे जानकारहरू बताउँछन् ।

बिहीबार पनि सर्वाधिक काराेबार हुने पहिलाे नम्बरमा अपर तामाकाेशी नै छ । 

बिहीबार ६ वटा कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । जीवन विकास लघुवित्त, महालक्ष्मी विकास बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, कामना सेवा विकास बैंक, माउन्टेन इनर्जी र रूरू जलविद्युत परियाेजना लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे ।

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले बढेर २ हजार ४ सय २५ रूपैयाँ ५० पैसा पुगेकाे छ ।  महालक्ष्मी विकास बैंककाे सेयरमूल्य १० प्रतिशतले बढेर ६ सय २३ रूपैयाँ ७० पैसा पुगेकाे छ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंककाे सेयरमूल्य १० प्रतिशतले बढेर ५ सय ७८ रूपैयाँ ६० पैसा पुगेकाे छ । कामना सेवा विकास बैंककाे सेयरमूल्य १० प्रतिशतले बढेर ७ सय १२ रूपैयाँ ८० पैसा पुगेकाे छ । रूरू जलविद्युत परियाेजना लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले बढेर एक हजार ३ सय ३१ रूपैयाँ पुगेकाे छ । माउन्टेन इनर्जीकाे सेयरमूल्य १० प्रतिशतले बढेर एक हजार २ सय ७६ रूपैयाँ पुगेकाे छ ।

त्यसैगरी, युनियन लाइफ इन्स्याेरेन्स कम्पनीकाे काराेबार सकारात्मक सर्किट लेभलमा भइरहेकाे छ । कम्पनीकाे सेयरमूल्य ९.९९ प्रतिशतले बढेर ७ सय ७७ रूपैयाँ पुगेकाे छ ।

 

6114ef7f2dfd9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको