Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी बैंकको नाफा १.५४ अर्ब, वितरण योग्य मुनाफा १० प्रतिशतले घट्यो

अर्थ संसार

शुक्रबार, २९ साउन २०७८, ०६ : ०८ मा प्रकाशित

लक्ष्मी बैंकको नाफा १.५४ अर्ब, वितरण योग्य मुनाफा १० प्रतिशतले घट्यो

लक्ष्मी बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार बैंकको खुद मुनाफामा सामान्य बृद्धि आएको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा बैंकले १ अर्ब ५४ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ९.२० प्रतिशतले बढि हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले १ अर्ब ४१ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा पनि १ अर्ब ३६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक बषएको तुनमामा यो बर्ष बैंकको वितरण योग्य मूनाफामा १०.९७ प्रतिशतले गिरावट आएको हो । अघिल्लो आर्थिक बर्षमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब १२ करोड ७२ लाख रुपैया थियो ।  

यो अवधिमा बैंकले १ खर्ब १४ अर्ब ६० करोड रुपैयाँ निक्षेप संकलन गर्दा १ खर्ब ६ अर्ब १ करोड रुपैयाँ ऋण लगानी गरेको छ । यो अवधिमा बैंकले आफ्ना खराव कर्जामा केहि बृद्धि भएको देखिन्छ । अघिल्लो आर्थिक बर्षको अन्तिमसम्ममा १.०४ प्रतिशत रहेको खराब कर्जा समिक्षा अवधीमा बढेर १.२१ प्रतिशतमा पुगेको छ ।   

चौथो त्रैमाससम्म आइपुग्दा बैंकले ३ अर्ब २१ करोड ९३ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षको यसै अवधिको तुलनामा ७.०१ प्रतिशतले थोरै हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ३ अर्ब ४६ करोड २१ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

समिक्षा अवधिसम्ममा बैंकको सञ्चालन नाफा ७.५२ प्रतिशतले बढेर ४ अर्ब ९५ करोड २६ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकको सञ्चालन नाफा ४ अर्ब ६० करोड ६३ लाख रूपैयाँ थियो । 

त्यस्तै, बैंकको चुक्ता पूँजी १० अर्ब ६९ करोड ५६ लाख रुपैयाँ पुगेको छ । बैंकको जगेडा कोषमा ६ अर्ब १३ करोड ९ लाख रुपैयाँ सञ्चित छ । अघिल्लो आर्थिक बर्षको तुलनमा यो बर्ष बैंकको जगेडाकोषको आकार ४७.२९ प्रतिशतले बढेको हो । 

समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ४१ पैसा रहेको छ अघिल्लो आर्थिक बर्षको तुलनामा प्रतिसेयर आम्दानी २ पैसाले बढेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ३२ पैसा पुगेको छ बैंकको पीई रेसियो २७.४१ गुणा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको