Like us!
Follow us!
Connect us!
Watch us!

बुटवल पावरको नाफा ३१ प्रतिशतले घट्यो, अन्य अवस्था कस्तो ?

अर्थ संसार

शुक्रबार, २९ साउन २०७८, ०७ : ५४ मा प्रकाशित

बुटवल पावरको नाफा ३१ प्रतिशतले घट्यो, अन्य अवस्था कस्तो ?

बुटवल पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

 कम्पनीले सार्वजनिक गरेको उक्त विवरण अनुसार सो अवधिसम्म कम्पनीको खुद मुनाफा ३१ प्रतिशतले घटेर ५० करोड ४६ लाख १९ हजार रुपैयाँ पुगेका छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ७३ करोड १२ लाख ८४ हजार रुपैयाँ थियो ।

कम्पनीको विद्युत बिक्री आम्दानी पनि ५.४२ प्रतिशतले घटेर ६४ करोड ९४ लाख ८७ हजार रुपैयाँ पुगेको हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले विद्युत बिक्री आम्दानीबाट ६८ करोड ६७ लाख ७ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

हाल चुक्ता पुँजी २ अर्ब ९५ करोड १३ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३ अर्ब ४ करोड ७७ लाख २३ हजार रुपैयाँ जम्मा गरेको छ । समिक्षा अवधिमा कम्पनीको रिजर्भको आकार ६.८५ प्रतिशतले घटेको हो।  

कम्पनीको प्रतिसेयर आम्दानी (वार्षिक) २७ रुपैयाँ २५ पैसाबाट घटेर १७ रुपैयाँ १० पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २२७ रुपैयाँ १५ पैसा रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात २९.५९ गुणा रहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको