Like us!
Follow us!
Connect us!
Watch us!

साताको सेयर बजार : पाँचै दिन बढ्यो नेप्से, विकास बैंकका लगानीकर्ता मालामाल

अर्थ संसार

शनिबार, ३० साउन २०७८, १२ : ४९ मा प्रकाशित

साताको सेयर बजार : पाँचै दिन बढ्यो नेप्से, विकास बैंकका लगानीकर्ता मालामाल

याे साता पनि सेयर बजारले नयाँ इतिहास रचेको छ । यस साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजारले ३ हजार १७९ विन्दु चुमेर नयाँ रेकर्ड राखेको हो  । 

सेयर बजारले दिनहुँ नयाँ कीर्तिमानी राखेसंगी लगानीकर्ताहरु पुन आकर्षित हुन थालेका छन् । यस साताको पाँचै कारोबार दिन सेयर बजारमा नयाँ कीर्तिमानी बनेको छ । अर्थात् पाँचै दिन सेयर बजारले उकालो यात्रा तय गरेको छ । 

यो साता नेप्से परिसूचक ७१.५५ अंकले बढेर ३१७८ को विन्दुमा पुगेको छ । साताको पहिलो दिन नेप्से परिसूचक ०.६६ अंकले बढेर ३१०८.१२ विन्दुमा पुगेको थियो । त्यसैगरी, क्रमशः सोमबार १.५४ अंकले बढेर ३१०९.१२ विन्दु, मंगलबार ५१.८६ अंकले बढेर ३१६१.४४ विन्दु, बुधबार ०.७६ अंकले बढेर ३१६२.४० विन्दु र अन्तिम कारोबार दिन बिहिबार १६.४१ अंकले बढेर ३१७९ विन्दुमा पुगेको हो । बिहिबारको यो विन्दु नै नेपाली सेयर बजारको अलटाइम हाई विन्दु हो ।

नेप्से परिसूचकसँगै सेन्सेटिभ परिसूचक पनि १२ दशमलव १६ अंकले बढेको छ । गत साता ५७९ विन्दुमा रहेको सेन्सेटिभ परिसूचक यो साता ५९१ दशमलव १६ विन्दुमा पुगेको हो ।

यो साता कारोबार रकम पनि ३ अर्ब १८ करोड २५ लाख ८५ हजार रुपैयाँले बढेको छ । गत साता १४ अर्ब १३ करोड ५३ लाख ९९ हजार रुपैयाँको कारोबार भएको बजारमा यस साता १७ अर्ब ३१ करोड ७९ लाख ८५ हजारको कारोबार भएको छ ।

त्यसैगरी, गत साता ६४ अर्ब ५२ करोड ८७ लाख ३२ हजार रुपैयाँ बराबरको १३ करोड १० लाख २४ हजार ९११ कित्ता सेयर कारोबार भएकोमा यो साता ७९ अर्ब २६ करोड ८ लाख ४० हजार रुपैयाँ बराबरको १४ करोड ९८ लाख ३२ हजार ३१० कित्ता सेयर कारोबार भयो । 

त्यस्तै, यो साता नेपालको सेयर बजारको कुल पूँजीकरण पनि हालसम्मकै उच्च भएको छ । गत साता यो रकम ४३ खर्ब ३७ अर्ब १७ करोड ३० लाख रुपैयाँ रहेको बजार पूँजीकरण यो साता ४४ खर्ब ३७ अर्ब २७ करोड रुपैयाँ कायम भएको हो ।  गत साताभन्दा यो साता कुल बजार पूँजीकरण १ खर्ब ९ करोड ७० लाख रुपैयाँले वृद्धि भएको हो ।

यो साता विकास बैंकका लगानीकर्ताहरुले सर्वाधिक कमाए नाफा कमाएका छन्  । त्यसैगरी व्यापारिक समूहका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको