नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको जेठ १८ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
बैठकले आर्थिक वर्ष २०८१/०८२ को वित्तीय विवरण अनुसार कायम रहेको सञ्चित मुनाफाबाट सेयरधनीहरूलाई कुनै लाभांश वितरण नगर्ने र सोही बमोजिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गरिने र स्वीकृति पश्चात आगामी वार्षिक साधारणसभामा स्वीकृतिको लागि पेश गरिने निर्णय गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस