Like us!
Follow us!
Connect us!
Watch us!

बुद्धभूमि नेपालको अवितरित हकप्रद सेयर लिलाम बिक्रीमा

अर्थ संसार

बुधबार, १३ जेठ २०८३, १० : १६ मा प्रकाशित

बुद्धभूमि नेपालको अवितरित हकप्रद सेयर लिलाम बिक्रीमा

बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले अवितरित हकप्रद सेयर लिलामी प्रक्रिया मार्फत् बिक्रीमा राखेको छ । कम्पनीले १ः१ को अनुपातमा हकप्रद सेयर खुलाउँदा बाँकी बसेको अवितरित सेयर बिक्रीमा राखेको हो ।

यस अन्तर्गत कम्पनीले ४ लाख ७४ हजार ६९६ कित्ता साधारण सेयर लिलामीमा राखेको छ । यसमा जेठ २१ गतेदेखि जेठ २९ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । यसमा इच्छुक हरकोही व्यक्ति वा संघसंस्थाले सेयर खरीदका लागि बोलपत्र पेश गर्न सक्नेछन्। सेयर खरीद गर्नका लागि बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ता माग गर्न सकिनेछ ।

सेयरको बिक्री मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । बोलपत्र फाराम काठमाडौंको थापाथलीस्थित एनआईसी एशिया क्यापिटल लिमिटेड (बिक्री प्रबन्धक) का साथै एनआईसी एशिया बैंकका शाखा कार्यालयहरू – विराटनगर–३ मोरङ, आदर्शनगर वीरगञ्ज, महेन्द्रपुल पोखरा, श्रवणपथ बुटवल, हस्पिटल लाइन धनगढी, वीरेन्द्रनगर सुर्खेत, पञ्चकन्या नुवाकोट, त्रिशुली नुवाकोट, नारायणगढ चितवन र नेपालगञ्ज बाँकेमा प्राप्त गर्न र बुझाउन सकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको