Like us!
Follow us!
Connect us!
Watch us!

म्याग्दी हाइड्रोपावरको आईपीओ निष्कासनको प्रस्ताव संशोधन गर्ने, बोलायो विशेष साधारणसभा

अर्थ संसार

विहीबार, १४ जेठ २०८३, १२ : ४८ मा प्रकाशित

म्याग्दी हाइड्रोपावरको आईपीओ निष्कासनको प्रस्ताव संशोधन गर्ने, बोलायो विशेष साधारणसभा

म्याग्दी हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव संशोधन गर्ने भएको छ । कम्पनीले उक्त प्रस्ताप पारितका लागि विशेष साधारण सभा बोलाएको हो ।

जेठ १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले जेठ २९ गते बुटवलमा रहेको महाराजा रिसोर्टमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभाबाट कम्पनीको आईपीओ निष्कासनको प्रस्ताव संशोधन गरी आईपीओ निष्कासनको प्रक्रियालाई जारी राख्ने, आईपीओबाट प्राप्त रकमको उपयोगको बारेमा निर्णय लिने, कम्पनीको अधिकृत पूँजी तथा जारी पूँजी वृद्धि गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्तावहरु पारित गरिनेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको