Like us!
Follow us!
Connect us!
Watch us!

स्वरोजगार लघुवित्तको संस्थापक सेयर लिलाम बिक्री

अर्थ संसार

बुधबार, १३ जेठ २०८३, १० : २० मा प्रकाशित

स्वरोजगार लघुवित्तको संस्थापक सेयर लिलाम बिक्री

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले तीन जना संस्थापक सेयरधनीहरूको नाममा रहेको सेयर लिलाम बिक्रीमा राखेको छ । कम्पनीले १७ हजार ३२७ कित्ता संस्थापक सेयर आम सर्वसाधारणका लागि लिलाम बिक्रीमा राखेको हो ।

कम्पनीले संस्थापक सेयरधनी विजय कुमार खेतानको नाममा रहेको ८ हजार १३ कित्ता, मनोज कुमार सिग्देलको नाममा रहेको ४ हजार ३१४ कित्ता र सरस्वती दुवाडीको नाममा रहेको ५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। कम्पनीले यस अघि विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन पाउने गरि ३५ दिने सूचना प्रकाशित गरेको थियो । त्यो समयमा रीतपूर्वक निवेदन प्राप्त हुन नआएकाले अब सर्वसाधारणका लागि बिक्री खुला गरिएको कम्पनीले जनाएको छ ।

उक्त सेयर खरीद गर्न इच्छुक सर्वसाधारणले आवश्यक कागजात सहित कार्यालय समयमा काभ्रेपलाञ्चोकको बनेपा–५ स्थित कम्पनीको केन्द्रीय कार्यालयको प्रशासन विभागमा लिखित निवेदन दिनु पर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको