Like us!
Follow us!
Connect us!
Watch us!

मानुषी लघुवित्तको आईपिओमा आवेदन दिने अन्तिम दिन

अर्थ संसार

आइतबार, ३१ साउन २०७८, ०५ : ०७ मा प्रकाशित

मानुषी लघुवित्तको आईपिओमा आवेदन दिने अन्तिम दिन

मानुषी लघुवित्त वित्तिय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर आईपीओमा आवेदन दिने आज आईतबार अन्तिम दिन रहेको छ । 

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता सेयरका सर्वसाधारणहरूका लागि छुट्याइएको छ ।

निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका अनुसार शुक्रबार साँझसम्ममा १८ लाख ५६ हजार ५ सय ५० जना आवेदकहरूले २ करोड ४० लाख ४३ हजार एक सय ५० कित्ताको लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि माग गरिएको भन्दा ६५।२२९ गुणा धेरै हो । 

संस्थाको उक्त आइपीओमा छिटोमा साउन ३१ गते र ढिलोमा भदौ ९ गतेसम्म आवेदन दिन सकिने थियो । कम्पनीको आईपिओमा छिटाृ अवधि मै माग भन्द बढि आवेदन परेकाले आज सम्म मात्र आवेदन दिन सकिने छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । 

संस्थाको आईपीओमा आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर वेभसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको