Like us!
Follow us!
Connect us!
Watch us!

जीवन विकास र महिला लघुवित्तको तुलना : कुन सूचकमा कुन बलियो ?

अर्थ संसार

आइतबार, ३१ साउन २०७८, ११ : ०९ मा प्रकाशित

जीवन विकास र महिला लघुवित्तको तुलना : कुन सूचकमा कुन बलियो ?

केही समयअघि आईपीओ निष्कासन गरेकाे महिला लघुवित्त वित्तीय संस्था लिमिटेड र हालै मात्र आईपीओ निष्कासन गरेकाे जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड दुवै संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् ।

दाेश्राे बजारमा महिला लघुवित्तकाे सेयरमूल्य ५ हजार ७ सय ४९ रूपैयाँसम्म पुगेकाे थियाे । जीवन विकास लघुवित्तकाे सेयरमूल्य पनि लगभग यहाँसम्म पुग्ने लगानीकर्ताहरूले अनुमान गरेका छन् । त्यसैले हामीले यी दुई संस्थाहरूकाे वित्तीय सूचकलाई तुलनात्मक रूपले हेरेका छाैँ । यी दुई संस्थाहरूकाे वित्तीय विवरण तुलना गरेर हेर्दा प्राय सबै प्रमुख वित्तीय सूचकहरूमा जीवन विकास लघुवित्त अब्बल देखिएकाे छ । 

जीवन विकास लघुवित्तले असार ११ गते शुक्रबारबाट असार १५ गते, मंगलबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ३० हजार ४२० कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५ प्रतिशतले हुन आउने ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो ।

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ ३० गते, शुक्रबारबाट फागुन ५ गते, बुधबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४ कराेड रूपैयाँ बराबरकाे ४ लाख कित्ता साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात २० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र  ३ लाख ७५ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि छुट्याइएको थियाे । 

चुक्ता पूँजीकाे आधारमा

चुक्ता पूँजीकाे आधारमा जीवन विकास लघुवित्त महिला लघुवित्त भन्दा अगाडी छ । गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्म आइपुग्दा जीवन विकास लघुवित्तकाे चुक्ता पूँजी ६० करोड ८४ लाख रूपैयाँ छ । यता महिला लघुवित्तकाे चुक्ता पूँजी भने १० कराेड रूपैयाँ छ ।

जगेडा काेषकाे आधारमा

असार मसान्तसम्ममा जीवन विकास लघुवित्तकाे जगेडा कोषमा एक अर्ब ३० कराेड ९४ लाख रुपैयाँ सञ्चित छ । यता महिला लघुवित्तकाे जगेडा काेषमा २२ कराेड ८ लाख रूपैयाँ सञ्चित छ । जगेडा काेषमा पनि जीवन विकास लघुवित्त नै अब्बल छ । 

खुद नाफा

गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्म जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले ६८ करोड ९५ लाख ५८ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । यता महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले ९ करोड २९ लाख ८२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ । 

खुद व्याज आम्दानी

असार मसान्तसम्ममा जीवन विकास लघुवित्तले एक अर्ब ४१ करोड ६७ लाख ११ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले २४ करोड ४ लाख ८३ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । याे सूचकमा पनि जीवन विकास लघुवित्त अघि छ ।

सञ्चालन नाफा

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले १० करोड ६० लाख ८५ हजार रुपैयाँ सञ्चालन मुनाफा गर्दा जीवन विकास लघुवित्तले ३८ कराेड ३७ लाख ४१ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेकाे छ । 

राइट ब्याक

गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्म जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले ६७ कराेड १७ लाख १६ हजार रूपैयाँ राइट ब्याक गर्दा महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले ४ कराेड १५ लाख ६ हजार रूपैयाँ राइट ब्याक गरेकाे छ ।

प्रतिसेयर आम्दानी 

असार मसान्तसम्म जीवन विकास लघुवित्तकाे प्रतिसेयर आम्दानी ११३ रूपैयाँ ३४ पैसा पुगेकाे छ । यता महिला लघुवित्तकाे प्रतिसेयर आम्दानी ९२ रुपैयाँ ९८ पैसा रहेकाे छ ।

प्रतिसेयर नेटवर्थ

गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्म महिला लघुवित्तकाे प्रतिसेयर नेटवर्थ ३२० रुपैयाँ ९० पैसा पुग्दा जीवन विकास लघुवित्तकाे प्रतिसेयर नेटवर्थ ३१५ रूपैयाँ २२ पैसा रहेकाे छ ।

मूल्य आम्दानी अनुपात (पीइ रेसियाे)

महिला लघुवित्तकाे मूल्य आम्दानी अनुपात ५२.३८ गुणा रहेको छ । जीवन विकास लघुवित्त मूल्य आम्दानी अनुपात २१.६३ गुणा रहेकाे छ । 

तालिका हेर्नुहाेस् :

लगानीको नयाँ सुत्र : ९९% सुरक्षित, कहाँ र कसरी हुन्छ लगानी? Share Analyst Dr. Keshav Shrestha

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको