Like us!
Follow us!
Connect us!
Watch us!

समृद्धि फाइनान्सले गर्यो लाभांश लिन अनुरोध, नलिए जाला लगानीकर्ता संरक्षण कोषमा

अर्थ संसार

आइतबार, ३१ साउन २०७८, १२ : १५ मा प्रकाशित

समृद्धि फाइनान्सले गर्यो लाभांश लिन अनुरोध, नलिए जाला लगानीकर्ता संरक्षण कोषमा

समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरुलाई पुरानो लाभांश लिन अनुरोध गरेको छ । 

कम्पनीको विभिन्न वार्षिक साधारण सभाबाट पारित भएको २०६४/६५ सम्मको नगद लाभांश नलिएका सेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरेको हो ।

सेयरधनीहरुले एक महिनाभित्र कम्पनीको केन्द्रिय कार्यलय स्थित सेयर विभागमा सम्पर्क गरी नगद लाभांश लिन सक्नेछन् । उक्त अवधिभर लाभांश संकलन नगरेमा कम्पनी ऐन २०६३ को दफा १८३(६) बमोजिम स्थापना भएको लगानीकर्ता संरक्षण कोष मा जम्मा हुनेछ ।

कम्पनीको २०६४/६५ सम्मको १ लाख ३७ हजार ८५ रुपैयाँ लाभांश वितरण हुन बाँकी रहेको कम्पनीले जनाएको छ । नगद लाभांश पारित भएको ५ बर्ष बितिसकेपश्चात सम्म् पनि सम्बन्धित सेयरधनीहरुले वा निजको हकवालाले लाभांश रकम संकलन नगरेको र कतिपयले लाभांश पुर्जाहरु लिएर पनि लाभांश रकम सटही नगरेको पाइएकोले उक्त रकम भुक्तानी लिन सेयरधनीहरुले आफ्नो कुनै परिचयपत्र सहित सुचना प्रकाशित मितिले ३० दिन भित्र कार्यलयमा आई लाभांश रकम लिन कम्पनीले अनुरोध गरेको छ । 

 

6118b4ff1c94d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको