Like us!
Follow us!
Connect us!
Watch us!

मौद्रिक नीतिले नेप्से परिसूचक घट्यो, २१ अर्बमाथिकाे कारोबार

अर्थ संसार

आइतबार, ३१ साउन २०७८, १४ : ५९ मा प्रकाशित

मौद्रिक नीतिले नेप्से परिसूचक घट्यो, २१ अर्बमाथिकाे कारोबार

अघिल्लाे साता दिनहुँ जसाे नयाँ रेकर्ड बनाएकाे सेयर बजारमा यस साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) दाेहाेराे अंककाे गिरावट देखिएकाे छ । यता आइतबार काराेबार रकमले भने नयाँ रेकर्ड बनाएकाे छ ।

शुक्रबार गभर्नर महाप्रसाद अधिकारिले चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक थिए । मौद्रिक नीति सार्वजनिक गर्दै उनले सेयर धितोमा राखेर एक व्यक्तिले १२ करोड रुपैयाँ मात्र लिन सक्ने र एक बैंकबाट ४ करोड मात्रै लिन पाइने व्यवस्था गरिएको जानकारी दिएका थिए । त्यसैकाे नकारात्मक प्रभाव बजारमा देखिएकाे थियाे ।

मौद्रिक नीतिमा पुँजी बजारलाई हेर्ने दृष्टिकोष अत्यन्तै दुरासय पुर्ण र पश्चगामी कदम भएको भनी लगानीकर्ताहरूले सेयर कर्जा सिमाकाे विराेध गर्दै सेयर कर्जाको सिमालाई सिघ्र सच्याई पुर्व अवस्थामा नै पुर्याउन अर्थमन्त्रीबाट निर्देशन जारी गर्न अर्थमन्त्रीलाई अनुरोध गरेका छन् ।

अर्थमन्त्री जनार्दन शर्माले सेयर कर्जा सिमाकाे विराेध गर्दै अर्थ मन्त्रालय पुगेका लगानीकर्ताहरूलाई बजारलाई नकारात्मक प्रभाव पार्ने कुनैपनि कुरा हुन नदिने आश्वासन दिएका छन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक २४.८८ अंकले घटेर ३१५४.०३ विन्दुमा झरेकाे छ । नेप्से ०.७८ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक १.९० अंकले घटेर ५८९.२८ विन्दुमा पुगेको छ ।

कूल २२२ वटा कम्पनीकाे ३ कराेड ५५ लाख ५० हजार ६ सय ८८ कित्ता सेयर खरिदबिक्री हुँदा २१ अर्ब ६४ करोड ७६ लाख रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । याे काराेबार रकम हालसम्मकै उच्च हाे । यसअघि यही जेठ ३० गते, आइतबार १९ अर्ब ५५ कराेडकाे काराेबार भएकाे थियाे ।

6118e04d33db7.jpg

6118e053b1356.jpg

काराेबार भएका १३ उपसमूहमा ३ वटा उपसमूहकाे सेयर बढेकाे छ । बाँकी १० वटा उपसमूहकाे सेयर घटेकाे छ ।

6118e05a2fd9e.jpg 

आइतबार ३ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आइतबार युनियन लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड, खानीखाेला हाइड्राेपावर र जीवन विकास लघुवित्तकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे । युनियन लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले बढेर ८ सय ५४ रूपैयाँ ७० पैसा पुगेकाे छ । खानीखाेला हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले बढेर ४ सय १८ रूपैयाँ पुगेकाे छ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले बढेर २ हजार ६ सय ६८ रूपैयाँ पुगेकाे छ ।

6118e06642e00.jpg

आइतबार नेपाल बैंककाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे १ अर्ब ५ कराेड ४४ लाख रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

6118e05f4d26a.jpg

यस दिन एनआईबीएल प्रगती फण्डका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

6118e06b9b14a.jpg

याे पनि :

NEPSE ANALYSIS- SECTOR ANALYSIS -MICRO FINANCE , BANKING, DEVELOPMENT BANK, FINANCE, HYDROS........

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको