Like us!
Follow us!
Connect us!
Watch us!

शिवम् सिमेन्टको नाफा १.३९ अर्ब, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

सोमबार, ३२ साउन २०७८, ०६ : ३० मा प्रकाशित

शिवम् सिमेन्टको नाफा १.३९ अर्ब, प्रतिसेयर आम्दानी कति ?

शिवम् सिमेन्ट्स लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।उक्त विवरण अनुसार कम्पनीको खुद मुनाफा बृद्धि भएको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा कम्पनीले १ अर्ब ३९ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १८.४१ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १ अर्ब १७ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ६.७३ प्रतिशतले बढेर ९ अर्ब ६१ करोड ५४ लाख रुपैयाँ पुगेको छ । गतबर्ष कम्पनीको यो आम्दानी ९ अर्ब ९० लाख रुपैयामा सिमित थियो ।  

कम्पनीको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ भने कम्पनीको जगेडा कोषमा ५ अर्ब ३८ करोड ५९ लाख रुपैया सञ्चित छ । कम्पनीको जगेडाकोषको आकार अघिल्लो आर्थिक बर्षको तुलनामा समिक्षा अवधिमा ६.८० प्रतिशतले बृद्धि भएको हो ।

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ३१ रुपैयाँ ६८ पैसा पुगेको छ। गत वर्ष यही अवधिमा कम्पनीको ईपीएस २६ रुपैयाँ ७५ पैसामा सिमित थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ २२२ रुपैयाँ ४१ पैसा रहेको छ भने मूल्य आम्दानी अनूपात ४०.०२ गुणा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको