Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ इन्स्योरेन्सको नाफामा सामान्य बृद्धि, इपिएस भने घट्यो

अर्थ संसार

सोमबार, ३२ साउन २०७८, ०७ : ०६ मा प्रकाशित

सिद्धार्थ इन्स्योरेन्सको नाफामा सामान्य बृद्धि, इपिएस भने घट्यो

सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको उक्त विवरण अनुसार सो अवधिसम्म कम्पनीको नाफामा बृद्धि आएको छ ।

गत आर्थिक बर्षको अन्तिमसम्म आइपुग्दा कम्पनीको खुद नाफा ०.७१ प्रतिशतले बढेर ३० करोड २३ लाख ५६ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले ३० करोड २ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

असार मसान्तसम्म कम्पनीको बीमा शुल्क पनि १६.५४ प्रतिशतले बढेर २ अर्ब ३३ करोड ९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोहि अवधि सम्ममा कम्पनीले यस्तो मुनाफा २ अर्ब १ लाख रुपैयाँ आर्जन गरेको थियो ।

हाल चुक्ता पुँजी १ अर्ब १२ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३३ करोड ७ लाख ३३ हजार रुपैयाँ रहेको छ । त्यस्तै यो अवधिसम्ममा कम्पनीको बीमा कोषमा ९८ करोड ९१ लाख रुपैयाँ र महाबिपत्ति कोषमा ७ करोड ४२ लाख ४ हजार रुपैयाँ सन्चित छ । 

समिक्षा अवधिमा कम्पनीको वार्षिकृत प्रतिसेयर आम्दानी २७ रुपैयाँ छ गत बर्षको यसै अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ३० रुपैयाँ २ पैसा थियो । प्रतिसेयर नेटवर्थ २२४ रुपैयाँ ४७ पैसा रहेको छ भने कम्पनीको मूल्य आम्दानी अनुपात (पिई रेसियो) ३९.१९ गुणा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको