Like us!
Follow us!
Connect us!
Watch us!

सवारीचालक अनुमतिको ट्रायल खोल्ने तयारी, ७० अंक मात्रै प्राप्त गर्नेलाई पनि लाइसेन्स दिइने

पत्रपत्रिका

मंगलबार, ०१ भदौ २०७८, ०७ : ०० मा प्रकाशित

सवारीचालक अनुमतिको ट्रायल खोल्ने तयारी, ७० अंक मात्रै प्राप्त गर्नेलाई पनि लाइसेन्स दिइने

यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल खुलाउन कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा सिफारिश गर्ने भएको छ । मंगलवार सीसीएमसीमा ट्रायल खुलाउन सिफारिश गर्न लागिएको विभागका महानिर्देशक नवराज घिमिरेले बताए ।

निषेधाज्ञा खुलेर चहलपहल बढ्दै गएकाले विभागले घिमिरेको नेतृत्वमा कार्यालयहरूसँग छलफल गरी ट्रायल खोल्ने निर्णय गरेको थियो । विभागले साउन अन्तिम सातादेखि ट्रायल खोल्ने निर्णय गरी त्यसअनुसार यातायात कार्यालयहरूलाई तयारी गर्न निर्देशन दिएको थियो । सीसीएमसीले निर्णय गरेमा ट्रायल खोल्न सकिने विभागका महानिर्देशक घिमिरेले बताए ।

‘निषेधाज्ञापछि सीसीएमसीले विस्तारै आवश्यक क्षेत्र खुलाउँदै गएको छ,’ उनले भने, ‘विभागले ट्रायल खुलाउने तयारी गरेकोमा हाम्रो सिफारिशपछि सीसीएमसीले गर्ने निर्णयले नै ट्रायल खुल्छ÷खुल्दैन भन्न सकिन्छ ।’

विभागले निषेधाज्ञा शुरू भएपछि गत वैशाख १६ गतेदेखि  सवारीचालक अनुमतिपत्रका लागि परीक्षाको आवेदन बन्द गरेको थियो । यातायात कार्यालयहरूले निषेधाज्ञा खुकुलो नभएकाले तत्काल ट्रायल शुरू गर्न नसकिने बताएका थिए । निषेधाज्ञाअघि नै परीक्षा ट्रायलका लागि परेका आवेदनमध्ये ४ लाखले परीक्षा दिन बाँकी छ । ट्रायलको हुने अन्योल भएपछि आवेदन अलपत्र परेका छन् । अन्य क्षेत्र विस्तारै सामान्य बन्दै गएकाले ट्रायल पनि खोल्ने तयारी विभागले गरेको होे ।

विभागले लिखित र ट्रायल दुवै परीक्षाको मोडालिटी परिवर्तन गरेर ‘सवारी अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि २०७७’ जारी गरेको छ । विभागले यसअघि एउटै गल्ती भए पनि त्यस्ता चालकलाई अयोग्य ठहराई लाइसेन्सका लागि अस्वीकृत गर्दै आएको थियो । तर नयाँ व्यवस्थाअनुसार लिखितका लागि पहिले नै ५०० प्रश्न सार्वजनिक गरी त्यसैबाट सोध्ने तयारी गरिएको छ । यसैगरी ट्रायलमा अब ७० अंक मात्रै प्राप्त गर्नेलाई पनि लाइसेन्स दिइने भएको छ ।

आर्थिक अभियान दैनिकमा समाचार छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको