Like us!
Follow us!
Connect us!
Watch us!

७० अङ्कको ट्रायलमा बागमती सरकारको भाँजो

पत्रपत्रिका

सोमबार, १९ मंसिर २०७९, ०७ : ०९ मा प्रकाशित

७० अङ्कको ट्रायलमा बागमती सरकारको भाँजो

वाग्मती प्रदेश सरकार श्रम, रोजगार तथा यातायात मन्त्रालयले सवारी चालक अनुमतिपत्रको ( ट्रायल) मा ७० अङ्क ल्याए पास हुने निर्देशिका यातायात व्यवस्था कार्यालय चाबहिलबाट आइतबार शुभारम्भ गर्ने तयारी गरेको थियो । सोही तयारीअनुरूप उक्त मन्त्रालयका मन्त्री घनश्याम दाहाल र मुख्य सचिव मुकुन्दप्रसाद निरौला शुक्रबार काठमाडौँ आए ।

ट्रायलको शुभारम्भ उनीहरूले गर्ने कार्यक्रम थियो । तर मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रयोगात्मक परीक्षा  एकाएक शुक्रबार यातायात मन्त्रालयलाई पत्र लेखेर तत्काल ७० अङ्कको ट्रायल रोक्न निर्देशन दियो । जसका कारण तोकिएको कार्यक्रम रोकियो ।

७० अङ्कको ट्रायलका सन्दर्भमा वाग्मती सरकारले भाँजो हालेको यो नै पहिलोपटक होइन । गत असोज २ गते पनि मन्त्रालयले  उक्त ट्रायल लागु गर्ने जमर्को गर्दा अहिलेकै जसरी रोकावट गरिएको थियो । त्यस किसिमको ट्रायलले यातायात क्षेत्र बिचौलियालाई फाइदा पुग्ने भन्दै वाग्मती मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले त्यसमा रोक लगाएको थियो । नागरिक दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको