नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा प्रभु बैंक लिमिटेडको १६ लाख कित्ता ऋणपत्र सूचिकृत भएको छ ।
स्टकका अनुसार “८.५ प्रतिशत प्रभु बैंक डिबेन्चर २०८७” को २६ लाख ५० कित्ता ऋणपत्र सूचिकृत भएको हो ।
प्रभु बैंक लिमिटेडले जेठ ११ गते, मंगलबारदेखि जेठ २६ गते, बुधबारसम्म १० वर्ष अवधिकाे लागि “८.५ प्रतिशत प्रभु बैंक डिबेन्चर २०८७" नाममा प्रतिइकाई एक हजार रुपैयाँको दरमा ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियाे । साेही ऋणपत्र नेप्सेमा सूचिकृत भएकाे हाे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस