Like us!
Follow us!
Connect us!
Watch us!

सिंहदरबारमा किन भने प्रधानमन्त्रीले फेरी स्वागतको तयारी गर्नुस ?

सोमबार, २२ जेठ २०७४, १४ : २८ मा प्रकाशित

सिंहदरबारमा किन भने प्रधानमन्त्रीले फेरी स्वागतको तयारी गर्नुस ?

अर्थ संसार, काठमाडौ– प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले नैतिक बलका साथ निश्चित लक्ष्यहरु तय गरेर अगाडि बढ्ने हो मुलुकको आर्थिक समृद्धि र विकासका लागि लामो समय कुर्नु नपर्ने बताउनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित विदाई कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आफ्नो नेतृत्वको सरकारले संविधान कार्यान्वयन र आर्थिक वृद्धिको क्षेत्रमा गरेको सकारात्मक प्रयास आगामी दिनका लागि समेत प्रेरणाको स्रोत हुने बताउनुभयो ।

आफू प्रधानमन्त्री बन्दा संविधान  कार्यान्वयन होला कि नहोला, मधेस केन्द्रीत दल स्थानीय तहको निर्वाचनमा आउलान् कि नआउलान् भन्ने खालका आशंका कायम रहेको भएपनि सकारात्मक पहलले सकारात्मक नतिजा प्राप्त भएको उहाँको भनाइ थियो ।

मधेस केन्द्रीत दललाई संविधान स्वीकार गर्ने अवस्थामा ल्याइपुर्याइएको, संविधानको सर्वस्वीकार्यता बढेको, पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएको उल्लेख गर्दै प्रधानमन्त्रीले भन्नुभयो ‘ मुख्य विषय राजनीतिक नेतृत्वले मुलुकलाई कसरी निकास दिने र गुणात्मक रुपमा आर्थिक समृद्धि कसरी गर्ने भनेर केन्द्रीत भयो भने प्रतिफल दिन सकिन्छ भन्ने पछिल्लो दश महिनाले आम जनतामा सकारात्मक धारणा स्थापित गरिदिएको छ’ ।

  सबै राजनीतिक शक्तिलाई एकै ठाँउमा ल्याउने, मधेस पहाड हिमालबीचमा एकता बनाइराख्न आफू र आफ्नो नेतृत्वको सरकार सफल भएको प्रधानमन्त्रीको भनाइ छ ।
स्थानीय तहको दोस्रो चरणको निर्वाचन बाँकी भएपनि त्यसको आधारशिला खडा भएको, प्रदेश तथा केन्द्रीय संसद्को निर्वाचन हुने वातावरण पनि बनेको भन्दै उहाँले स्थानीय तहमा पुगेको अधिकार हालसम्मकै सबैभन्दा ठूलो उपलब्धी भएको बताउनुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो ‘२००७ सालदेखि भएका क्रान्ति, जनआन्दोलन, जनयुद्ध हेर्दा यस पटक गुणात्मक र प्रभावकारी काम भएको छ । नयाँ संरचना बनाउँदा केही समस्या त जरुर आउँछ तर त्यसलाई सम्बोधन गरेर जान सकिन्छ भन्ने विश्वास पैदा भएको छ ’ दुई ठूला छिमेकी मुलुकसँग सन्तुलित सम्बन्ध कायम राख्न सकिएको, ‘एक पेटी एक मार्ग’(ओबिओर) मा हस्ताक्षर भएको, काठमाडौँ तराई मधेस द्रुतमार्गको निर्माण प्रक्रिया सुरु भएको , हुलाकी राजमार्ग निर्माणले गति लिएको र महाकालीमा पुल निर्माण तथा अन्य विकास निर्माणका काम समेत प्रभावकारी तवरले भएको भन्दै प्रधानमन्त्रीले सन्तोष व्यक्त गर्नुभयो ।

विद्युत्भार कटौतीको अन्तयसँगै आर्थिक वृद्धिदर २५ वर्षपछि उच्च स्थानमा पुग्नु सफलताको अर्को सूचक रहेको भन्दै्र प्रधानमन्त्री दाहालले विगतमा के होला कसो होला भनेर गरिएका सबै प्रकारका आशंकाहरु विश्वासमा परिणत भएको स्पष्ट पार्नुभयो ।

आफ्नो नेतृत्वको सरकारलाई सफल बनाउन मुख्य सचिवको विशेषज्ञाले पनि काम गरेको भन्दै प्रधानमन्त्रीले स्थायी सरकारको रुपमा रहेको कर्मचाराी प्रशासनले पनि जनताको पक्षमा काम गर्ने वातावरण पैदा भएकोमा खुसी व्यक्त गर्नुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो ‘ हाम्रा कर्मचारीतन्त्र सक्षम छ, पारदर्शी पनि छ । राजनीतिक नेतृत्वले नैतिक बलका साथ काम गर्यो  भने सफल बनाउन लाग्छ भन्ने पनि देखिएको छ ’ उहाँले आज विदाई गरेपनि आफ्नो पार्टी र नेतृत्व पुनः सरकारमा आउने भएकाले स्वागत गर्ने तयारी गर्न कर्मचारी प्रशासनलाई आग्रह गर्नुभयो । कार्यक्रममा मुख्य सचिव डा सोमलाल सुवेदीले प्रधानमन्त्रीलाई बुद्धको प्रतिमा प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव एवम् उच्च पदस्थ कर्मचारीले  प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारमा रहेर काम गर्दा मुलुकले प्राप्त गरेको उपलब्धी आफूहरुका लागि समेत प्रमुख उपलब्धी भएको धारणा राख्नुभएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको