Like us!
Follow us!
Connect us!
Watch us!

'मेगा म्युचुअल फण्ड-१ मा ढुक्क भएर लगानी गर्नुहोस्, राम्रो प्रतिफल हामी दिन्छौं'

अर्थ संसार

शुक्रबार, ०४ भदौ २०७८, ०० : ०० मा प्रकाशित

मेगा क्यापिटलले नयाँ म्युचुल फण्ड ल्याउने भएको छ । मेगा बैंकको सहायक कम्पनी मेगा क्यापिटलले शुक्रबारदेखि मेगा म्युचुअल फण्ड १ को इकाइ सर्बसाधारणका लागि निश्कासन गरेको हो । 

अहिलेका म्युचुअल फण्डहरुले पर्याप्त लाभांश दिन नसकेको भन्दै मेगा क्यापिटलका कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले मेगा म्युचुअल फण्डले आकर्षक प्रतिफल दिने दावी गरे । मेगाको म्युचुअल फण्डमा नेपालमा दर्ता भएका संस्थाहरुदेखि नेपाली नगरिकता तथा जन्मदर्ता भएका सबैले आवेदन दिन सक्ने छन् । म्युचुअल फण्डमा गरिएको लगानीले वार्षिक रुपमा २३ प्रतिशतसम्म प्रतिफल दिने कम्पनीको प्रक्षेपण छ ।

इक्विटमा लगानी गर्नुभन्दा म्युचुअल फण्डमा गरिएको लगानी निकै सुरक्षित हुने भन्दै मेगा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले आफ्नो लगानी जोखिममा नपरोस् भन्नेहरुले यसमा लगानी गर्नु पर्ने बताए । प्रमुख कार्यकारी अधिकृत श्रेष्ठसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरेका छौं ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको