Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा सिनर्जी पावरको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

अर्थ संसार

शुक्रबार, ०४ भदौ २०७८, ०७ : ०२ मा प्रकाशित

नेप्सेमा सिनर्जी पावरको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । 

कम्पनीले साधारसभा तथा लाभांश प्रयोजनार्थ आज भदौ भदौ ४ गतेदेखि गतेदेखि भदौ १८ गतेसम्म बुकक्लोज गरेसंगै कम्पनीको सेयर मूल्य समायोजन गरिएको हो । कम्पनीको सञ्चालक समितीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनश सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश् (कर प्रयोजनका) लागि वितरणको प्रस्ताव गरेको थियो । 

समायोजन पछि कम्पनीको सेयर मूल्य ६३४ रुपैयाँ नेप्सेले हिजो अर्थात बिहिबार कम्पनीको सेयर प्रतिकित्ता ६९७ रुपैयाँमा अन्तिम कारोबार भएको आधारमा सेयर मूल्य समायोजन गरेको हो ।

कम्पनीले साधारणसभा प्रयोजनका लागि आज भदौ ४ गतेदेखि गतेदेखि भदौ १८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको हो । त्यसैले हिजो भदौ ३ गतेसम्म नेप्सेमा कायम भई कारोबार गर्ने सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीको साउन २६ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको पन्ध्रौँ वार्षिक साधारण सभा भाद्र १८ गते, शुक्रबार कम्पनीको रजिष्टर्ड कार्यालय, बालुवाटारबाट भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ । 

सभामा कम्पनीको साउन २४ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको २०७८ असार मसान्तसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने ७ करोड ३३ लाख २५ हजार बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशतले हुन आउने ३८ लाख ५९ हजार ९४ रुपैयाँ ७५ पैसा नगद लाभांश गरि कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

यसका साथै, सभामा हकप्रद निष्कासन गर्ने प्रस्ताव पनि पारित गरिनेछ । कम्पनीले बोनस वितरण गरेपश्चात कायम हुने पुँजीको २ः१ को अनुपातमा हुन आउने हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ ।

611f036f47b43.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको