Like us!
Follow us!
Connect us!
Watch us!

सुरू भयाे इन्फिनिटी लघुवित्त र नेपाल एग्रोकाे एकिकृत कारोबार

अर्थ संसार

शुक्रबार, ०४ भदौ २०७८, ११ : ४५ मा प्रकाशित

सुरू भयाे इन्फिनिटी लघुवित्त र नेपाल एग्रोकाे एकिकृत कारोबार

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (भदाै ४ गते, शुक्रबार) बाट एकीकृत कारोबार सुरू गरेका छन् ।

नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम प्राप्ति सम्बन्धी प्रक्रिया सम्पन्न गर्न दुवै संस्थालाई साउन १५ गते, शुक्रबार अन्तिम स्वीकृति प्रदान गरेको थियाे । दुवै कम्पनीकाे असार २१ गते, साेमबार सम्पन्न भएकाे साधारण सभाले प्राप्ति सम्बन्धी विशेष प्रस्ताव पारित गरेका थिए । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडबीच प्राप्ति सम्बन्धी सम्झौतामा माघ २६ गते, आइतबार हस्ताक्षर भएको थियो । कम्पनी रजिष्ट्रार कार्यालयले पनि साउन २२ गते स्वीकृती प्रदान गरेकाे थियाे ।

प्राप्ति पश्चात अब "इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड" को नामबाट एकीकृत कारोबार  हुनेछ । संस्थाकाे रजिष्टर्ड कार्यालय नवलपुर जिल्ला, गैँडाकाेट नगरपालिका वडा नं. २, कालिगण्डकी चाेकमा रहनेछ ।

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई १ः०.९८ काे स्वाप रेसियोमा प्राप्त गरेकाे हाे । जस अनुसार नेपाल एग्रोको १०० कित्ता सेयर हुनेले अब एक्विजिसनपछि इन्फिनिटीको नाममा ९८ कित्ता सेयर प्राप्त गर्नेछन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको