Like us!
Follow us!
Connect us!
Watch us!

२ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट, ४ कम्पनीको सेयरमूल्यमा नकारात्मक सर्किट

नेप्से

मंगलबार, ०८ भदौ २०७८, १३ : १९ मा प्रकाशित

२ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट, ४ कम्पनीको सेयरमूल्यमा नकारात्मक सर्किट

आज (मंगलबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने ४ वटा कम्पनीकाे सेयरमूल्यमा नकारात्मक सर्किट लागेकाे छ ।

मंगलबार जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र गाेर्खाज फाइनान्स कम्पनी लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे । 

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले बढेर ४ हजार २ सय ९६ रूपैयाँ ७० पैसा पुगेकाे छ । गाेर्खाज फाइनान्स कम्पनी लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले बढेर एक हजार ४ सय १० रूपैयाँ २० पैसा पुगेकाे छ ।

त्यसैगरी, खानीखाेला हाइड्राेपावर कम्पनी लिमिटेड, आँखुखोला जलविद्युत कम्पनी लिमिटेड, रूरू जलविद्युत परियाेजना लिमिटेड र जाेशी हाइड्राेपावर कम्पनी लिमिटेडको सेयरमूल्यमा नकारात्मक सर्किट लागेकाे हाे । 

खानीखाेला हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले घटेर ३ सय ९६ रूपैयाँ ९० पैसामा झरेकाे छ । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले घटेर ४ सय ९ रूपैयाँ ५० पैसामा झरेकाे छ । रूरू जलविद्युत परियाेजना लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले घटेर एक हजार ६ सय ३१ रूपैयाँ ७० पैसामा झरेकाे छ । जाेशी हाइड्राेपावर कम्पनी लिमिटेडको सेयरमूल्य १० प्रतिशतले घटेर ४ सय ३ रूपैयाँ २० पैसामा झरेकाे छ । 

यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ३०.९० अंकले घटेर ३१४९.९९ विन्दुमा पुगेकाे छ ।

6124a3c16cee0.jpg 6124a3c769010.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको