Like us!
Follow us!
Connect us!
Watch us!

हाइड्रोपावर सूचकमा पहिरोसँगै सेयर बजारमा भारी गिरावट

नेप्से

मंगलबार, ०८ भदौ २०७८, १५ : ०० मा प्रकाशित

हाइड्रोपावर सूचकमा पहिरोसँगै सेयर बजारमा भारी गिरावट

मंगलबार सेयर बजारमा उच्च गिरावट देखिएकाे छ । मंगलबार हाइड्राेपावर कम्पनीहरूकाे सेयरमूल्यमा पहिराे गएकाे छ । मंगलबार जलविद्युत समूह ६.२१ प्रतिशतले घटेकाे छ । अधिकांश हाइड्राेपावर कम्पनीहरूकाे सेयरमूल्यमा नकारात्मक सर्किट लागेकाे छ । यस दिन १४ वटा कम्पनीकाे सेयरमूल्यमा नकारात्मक सर्किट लागेकाे हाे ।

विद्युत नियमन आयोगले गत साता एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै हाइड्रोपावर कम्पनीहरूको सेयर अध्ययन गरेर मात्रै गरिद गर्न अनुराेध गरेकाे थियाे । आयोगले हकप्रद जारी गर्न दिने निर्णय नभइसकेको बताएकाे थियाे ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक ५६.०३ अंकले घटेर ३१२४.८७ विन्दुमा पुगेकाे छ । नेप्से १.७६ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक १२.८१ अंकले घटेर ५७७.६६ विन्दुमा झरेकाे छ ।

कूल २२५ वटा कम्पनीकाे २ कराेड ५३ लाख १६ हजार ८ सय ५ कित्ता सेयर खरिदबिक्री हुँदा १६ अर्ब १२ करोड ४४ लाख ६८ हजार ६० रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

6124beb15bb96.jpg

6124bebe30a6c.jpg

स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये २ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ८ वटा उपसमूहकाे सेयर घटेकाे छ । सबैभन्दा धेरै हाइड्राेपावरकाे सूचक घटेकाे छ ।

6124bec6ee0d4.jpg

मंगलबार जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र गाेर्खाज फाइनान्स कम्पनी लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले बढेर ४ हजार २ सय ९६ रूपैयाँ ७० पैसा पुगेकाे छ । गाेर्खाज फाइनान्स कम्पनी लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले बढेर एक हजार ४ सय १० रूपैयाँ २० पैसा पुगेकाे छ ।

6124bed4d1a98.jpg

यस दिन अरूण भ्याली हाइड्राेपावरकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ७५ कराेड ४३ लाख ३३ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । त्यसपश्चात् अरूण काबेली पावर, नेशनल हाइड्राेपावर, रिडी हाइड्राेपावर, नेपाल बैंक लगायतका कम्पनीकाे धेरै काराेबार भएकाे छ ।

6124bece4bc95.jpg

खानीखाेला हाइड्राेपावर कम्पनी लिमिटेड, आँखुखोला जलविद्युत कम्पनी लिमिटेड, रूरू जलविद्युत परियाेजना लिमिटेड, जाेशी हाइड्राेपावर कम्पनी लिमिटेड, दिव्यश्वरी हाइड्राेपावर कम्पनी लिमिटेड, सिनर्जी पावर लगायतका कम्पनीहरूकाे सेयरमूल्यमा नकारात्मक सर्किट लागेकाे हाे ।

6124bedf9dca7.jpg

याे पनि :

बैंकको सेयर मूल्य घटाउने प्रयास, हाइड्रोको चालमा नियमन निकाएको आँखा + अरु सेक्टरको के होला ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको