Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से परिसूचकसँगै काराेबार रकममा गिरावट, "राष्ट्र बैंक नै बजार घटाउन लागेकाे आराेप"

अर्थ संसार

बुधबार, ०९ भदौ २०७८, १५ : ०१ मा प्रकाशित

नेप्से परिसूचकसँगै काराेबार रकममा गिरावट, "राष्ट्र बैंक नै बजार घटाउन लागेकाे आराेप"

बुधबार पनि सेयर बजारमा गिरावट देखिएकाे छ । नेप्से परिसूचक सँगसँगै काराेबार रकम पनि घटेकाे छ । हिजाे १६ अर्ब बढीकाे काराेबार भएकाेमा आज जम्मा १२ अर्बकाे काराेबार भएकाे छ ।  

नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले नेपाल राष्ट्र बैंक नै बजार घटाउन लागि परेकाे बताएकी छिन् । राष्ट्र बैंकले पछिल्लाे समय सेयर धिताे राखेर १२ करोड रुपैयाँसम्म कर्जा लिन पाइने व्यवस्था गर्नु भनेकाे ठूला लगानीकर्ताहरूलाई हात खुट्टा बाँधेर पाैडी खेल्न पठाए जस्ताे भएकाे उनले बताएकी छिन् । 

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको घोषणा अनुसार मार्जिन प्रकृतिको (सेयर धितो) कर्जालाई सीमाभित्र ल्याउनका लागि एक वर्षको समय दिएको छ । मंगलबार निर्देशन जारी गर्दै केन्द्रीय बैंकले सेयर धितोमा एक ग्राहकले एउटा इजाजतपत्र प्राप्त संस्थाबाट अधिकतम चार करोड र सबै इजाजतपत्र संस्थाबाट अधिकतम १२ करोड रुपैयाँसम्म कायम गरेको छ । तर,निर्देशन जारी हुनुअघि सीमाभन्दा बढी कर्जा लगानी भएकोमा त्यस्तो कर्जालाई भुक्तानी अवधि वा आगामी एक वर्षमध्ये जुन पहिले हुन्छ सो अवधिभित्र नियमित गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ ।

सीमित व्यक्तिहरूले बैंकबाट सेयर धितोमा अत्यधिक कर्जा लिएर पुनः बजारमै लगानी गर्दा जोखिम बढ्दै गएको निश्कर्ष निकाल्दै केन्द्रीय बैंकले यसलाई कडाइ गरेको हो । मौद्रिक नीतिमा यो व्यवस्था उल्लेख भएसँगै लगानीकर्ताहरूले यसलाई फिर्ता गर्न अर्थमन्त्री तथा गभर्नरलाई दबाब पनि दिएका थिए ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ४८.४२ अंकले घटेर ३०७६.४४ विन्दुमा पुगेकाे छ । नेप्से १.५५ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ९.७६ अंकले घटेर ५६७.९९ विन्दुमा झरेकाे छ ।

कूल २२७ वटा कम्पनीकाे एक कराेड ९५ लाख ९९ हजार ८९ कित्ता सेयर खरिदबिक्री हुँदा १२ अर्ब ९ करोड २१ लाख ३ हजार ५ सय रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

61260fbf10d06.jpg

स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये सबै उपसमूहकाे सेयर घटेकाे छ । सबैभन्दा धेरै विकास बैंककाे सूचक घटेकाे छ ।

61260fc718a00.jpg

बुधबार पनि जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरममूल्यमा सकारात्मक सर्किट लागेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेर ४ हजार ७ सय २६ रूपैयाँ ३० पैसा पुगेको छ । 

61260fd554e0f.jpg

बुधबार खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको कारोबार नकारात्मक सर्किट लेभलमा भएको छ । कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले घटेर ३ सय ५७ रूपैयाँ ३० पैसा पुगेको छ । 

61260fdd0fa7e.jpg

यस दिन अरूण काबेलीकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ४८ कराेड ७१ लाख ५ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

61260fcfac221.jpg

याे पनि :

बैंकको सेयर मूल्य घटाउने प्रयास, हाइड्रोको चालमा नियमन निकाएको आँखा + अरु सेक्टरको के होला ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको