Like us!
Follow us!
Connect us!
Watch us!

मेगा म्युचुअल फण्ड-१ मा लगानी गर्ने आज अन्तिम माैका

अर्थ संसार

विहीबार, १० भदौ २०७८, ०७ : १७ मा प्रकाशित

मेगा म्युचुअल फण्ड-१ मा लगानी गर्ने आज अन्तिम माैका

मेगा क्यापिटल लिमिटेडले भदौ ४ गतेदेखि निष्कासन तथा बिक्री खुल्ला गरेकाे मेगा म्युचुअल फण्ड-१ मा आवेदन दिने आज (भदौ १० गते, बिहीबार) अन्तिम दिन रहेकाे छ ।  १० वर्ष अवधि भएकाे याे एउटा बन्दमुखी योजना हो।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्री खुल्ला गरेकाे  हो । कुल इकाईमध्ये १५ प्रतिशत वा एक करोड ५० लाख इकाई कोष प्रवद्धक मेगा बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई छुट्याइएकाे छ । लगानीकर्ताले उक्त फण्डमा न्यूनतम १०० देखि अधिकतम एक करोड इकाईसम्म आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर वेबसाइट तथा एपबाट आवेदन दिन सक्नेछन् ।  

'मेगा म्युचुअल फण्ड-१ मा ढुक्क भएर लगानी गर्नुहोस्, राम्रो प्रतिफल हामी दिन्छौं'

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको