Like us!
Follow us!
Connect us!
Watch us!

जीवन विकास लघुवित्तको १ हजारको आईपीओ पर्नेले ५० हजार कमाए

अर्थ संसार

विहीबार, १० भदौ २०७८, १२ : ३४ मा प्रकाशित

जीवन विकास लघुवित्तको १ हजारको आईपीओ पर्नेले ५० हजार कमाए

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य प्रतिकित्ता ५ हजार रूपैयाँ नाघेकाे छ । संस्थाको आईपीओ हात पार्ने लगानीकर्ताहरु एक महिनामै मालामाल भएका छन् । एक महिना अघि कम्पनीको आईपीओमा १ हजार रुपैयाँ लगानी गर्ने लगानीकर्ताहरुको सेयर पुँजी अहिले बढेर ५० हजार नाघेकाे छ । 

साउन १४ गतेदेखि दोस्रो बजारमा कारोबार प्रारम्भ भएको कम्पनीको सेयरमूल्यमा लगातार जसाे सकारात्मक सर्किट लागेको थियाे । कारोबारको पहिलो दिनमा ९१४ रुपैयाँमा कारोबार प्रारम्भ भएको कम्पनीको सेयरमूल्य आजसम्म आईपुग्दा ५ हजार एक सय ९८ रुपैयाँ ९० पैसा पुगेको छ ।अझै बजारमा कम्पनीको सेयरको माग हेर्दा कम्पनीको सेयर मूल्य वृद्धि हुने अनुमान लगाउन सकिन्छ । 

अघिल्लो आर्थिक वर्षको वित्तिय विवरण अनुसार कम्पनीको प्रतिसेयर आम्दानी ११३ रूपैयाँ ३४ पैसा रहेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले ६८ करोड ९५ लाख ५८ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १०१.९७ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाले ३४ करोड १४ लाख २३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले एक अर्ब ४१ करोड ६७ लाख ११ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षको यसै अवधिको तुलनामा ४९.२९ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाले ९४ करोड ८९ लाख ७९ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो । संस्थाको प्रतिसेयर नेटवर्थ ३१५ रूपैयाँ २२ पैसा रहेको छ । संस्थाको चुक्ता पूँजी ६० करोड ८४ लाख रूपैयाँ छ । संस्थाको जगेडा कोषमा एक अर्ब ३० करोड ९४ लाख रुपैयाँ छ ।

कम्पनीको वित्तिय विवरण हेर्दा कम्पनी आधारभुत रुपमा एकदमै बलियो देखिन्छ । कम्पनीको जगेडा कोषमा कम्पनीको चुक्ता पुँजीभन्दा दुई गुणाभन्दा बढि रकम सञ्चित छ। कम्पनीका सबै सूचकहरु एकदमै बलिया देखिन्छन् जसका कारण पनि लगानीकर्ताहरुमा कम्पनीले उच्चदरमा लाभांश वितरण गर्ने अपेक्षा देखिन्छ । 

संस्थाले गत महिना असार ११ गतेदखि असार १५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ३० हजार ४२० कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५ प्रतिशतले हुन आउने ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो ।

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदनहरुमध्येबाट ६९ हजार ९ जना आवेदकको आवेदन रद्द भएको थियो ।  कुल १४ लाख ७० हजार ७ सय ४० कित्ता आईपीओ रद्द भएको हो ।

कम्पनीको आईपीओमा परेको आवेदनमध्ये २० लाख १८ हजार ३ सय ८ जना मात्र योग्य आवेदक रहेका थिए । गोलाप्रथाबाट गरिएको बाँडफाँडमा बढीमा ११ कित्ता र थोरैमा १० कित्ता बाँडफाँड गरिएको थियो । आईपीओ वितरण गर्दा १ लाख ८४ हजार ८ सय १ जना आवेदकले १० कित्ताका दरले सेयर र १० कित्ता भन्दा धेरै आवेदन दिने ५ जनाले भने ११ कित्ताका दरले सेयर पाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको