साताकाे अन्तिम काराेबार दिन आज (बिहीबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
बिहीबार जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे ।
जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले बढेर ५ हजार एक सय ९८ रूपैयाँ ९० पैसा पुगेकाे छ । गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्सकाे सेयरमूल्य १० प्रतिशतले बढेर ७ सय २ रूपैयाँ ९० पैसा पुगेकाे छ ।
त्यसैगरी, खानीखाेला हाइड्राेपावर कम्पनी लिमिटेडकाे काराेबार सकारात्मक सर्किट लेभलमा भइरहेकाे छ । कम्पनीकाे सेयरमूल्य ९.९९ प्रतिशतले बढेर ३ सय ९३ रूपैयाँ पुगेकाे छ ।
यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक १३.१८ अंकले बढेर ३०८९.६३ विन्दुमा पुगेकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस