नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बिहीबार) एक कम्पनीकाे बोनस सेयर सूचिकृत भएको छ ।
स्टकका अनुसार सुर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १५.३५ प्रतिशत बाेनस बापतकाे ३ लाख ३० हजार कित्ता सेयर सूचिकृत भएको हाे ।
सुर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई १५.३४५७७ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि ०.८०७६७ प्रतिशत नगद गरि कुल १६.१५३४४५७ प्रतिशत वितरण गर्ने प्रस्ताव गरेको थियाे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस