Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा फर्कियो हरियाली, लगानीकर्ता उत्साहित

नेप्से

विहीबार, १० भदौ २०७८, १५ : ०१ मा प्रकाशित

सेयर बजारमा फर्कियो हरियाली, लगानीकर्ता उत्साहित

साताकाे अन्तिम काराेबार दिन आज (बिहीबार) सेयर बजारमा सकारात्मक माहाेल देखिएकाे छ । यस साता काराेबार भएकाे अघिल्ला दुवै दिन अर्थात् मंगलबार र बुधबार सेयर बजार निरन्तर घटिरहेकाे थियाे । सेयर बजार घट्दा लगानीकर्ताहरू पर्ख र हेरकाे अवस्थाकाे देखिएका थिए । फेरि सेयर बजारमा हरियाली देखिँदा लगानीकर्ताहरू पनि उत्साहित छन् ।

बजार ओरालो लागे पनि बिस्तारै झर्ने र उकालो लाग्दा पनि बिस्तारै चढ्ने हुनाले अहिले बजारमा आधारभूत र प्राविधिक दुवै पक्षले काम नगर्ने विश्लेषकहरू बताउँछन् । अहिले फण्डहरू पर्याप्त रहेको, रेमिट्यान्स पनि बढेको र डिम्याट खाता खोल्नेहरूको संख्या पनि बढ्दै गएको हुनाले सेयर बजार बढ्न अझै सजिलो हुने विश्लेषकहरूले बताएका छन् । 

नेपाल स्टक एक्सचेञ्जका आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक १७.५७ अंकले बढेर ३०९४.०१ मा पुगेकाे छ । नेप्से ०.५७ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ३.४० अंकले बढेर ५७१.३९ मा पुगेको छ ।

कूल २३२ वटा कम्पनीकाे २ करोड १६ लाख ९० हजार ५ सय ८५ कित्ता सेयर खरिदबिक्री हुँदा १३ अर्ब ४२ करोड १९ लाख ७४ हजार ७ सय ९२ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

61275f3e87486.jpg

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये ८ वटा उपसमूहकाे सूचक घटेकाे छ । बाँकी ५ वटा उपसमूहकाे सूचक बढेकाे छ । सबैभन्दा धेरै विकास बैंक, हाइड्राेपावर र फाइनान्स समूह बढेकाे छ । 

61275f4b21efb.jpg

बिहीबार ८ वटा कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ ।

61275f58934e3.jpg 

अरूण भ्याली हाइड्राेपावर कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ ।

61275f5312c53.jpg

बिहीबार १२% गुडविल फाइनान्स डिबेञ्चर २०८३, सिटिजन्स म्युचुअल फण्ड २ लगायतका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

61275f5e441bd.jpg

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको