Like us!
Follow us!
Connect us!
Watch us!

प्रुडेन्सियल क्यापिटलकाे स्वामित्वमा रहेकाे ४ कम्पनीकाे सेयर लिलामीमा, कुनकाे मूल्य कति ?

अर्थ संसार

शुक्रबार, ११ भदौ २०७८, ०८ : १२ मा प्रकाशित

प्रुडेन्सियल क्यापिटलकाे स्वामित्वमा रहेकाे ४ कम्पनीकाे सेयर लिलामीमा, कुनकाे मूल्य कति ?

प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीकाे स्वामित्वमा रहेकाे ४ वटा कम्पनीकाे संस्थापक समूहकाे सेयर आज (भदाै ११ गते, शुक्रबार) बाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिएकाे छ । 

क्यापिटलले प्रभु बैंक लिमिटेडकाे ५० हजार कित्ता, नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ५० हजार कित्ता, नेपाल ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको ३५ हजार कित्ता र प्राइम कमर्सियल बैंक लिमिटेडको ७० हजार कित्ता संस्थापक समूहकाे सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे हाे । 

जसमध्ये, प्रभु बैंक लिमिटेडकाे मूल्य १८५ रूपैयाँ, नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे मूल्य ४३७ रूपैयाँ, नेपाल ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ४५५ रूपैयाँ र प्राइम कमर्सियल बैंक लिमिटेडकाे २०८ रूपैयाँ ताेकिएकाे छ ।

लगानीकर्ताले सबै कम्पनीकाे सेयरमा न्युनतम २ हजार कित्तादेखि र अधिकतममा सबै कित्ताको लागि भदाै २५ गते, शुक्रबारसम्म आवेदन दिन सक्नेछन् । 

त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

61284ec650a8c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको