Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनी जनरल इन्स्याेरेन्सको संस्थापक सेयर बिक्रीमा, मूल्य कति ?

अर्थ संसार

शुक्रबार, ११ भदौ २०७८, १० : ५० मा प्रकाशित

लुम्बिनी जनरल इन्स्याेरेन्सको संस्थापक सेयर बिक्रीमा, मूल्य कति ?

सनराइज बैंक लिमिटेडले आज (भदाै ११ गते, शुक्रबार) आफ्नो स्वामित्वमा रहेको लुम्बिनी जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे संस्थापक समूहकाे सेयरहरू लिलाम बढाबढ गरी बिक्री गर्ने भएकाे छ । 

बैंकले इन्स्योरेन्सको १ लाख २२ हजार २ सय ८७ कित्ता संस्थापक समूहकाे सेयरहरू लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे छ । उक्त सेयरकाे न्युनतम मूल्य प्रतिकित्ता ४ सय २१ रूपैयाँ ६३ पैसा ताेकिएकाे छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल पेश गर्नुपर्नेछ।

उक्त सेयर खरिद गर्न लागि विद्यमान संस्थापकहरु वा योग्य जो कोही व्यक्ति तथा संगठित संस्थाहरुले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि असाेज एक गतेसम्म आवेदन दिन सक्नेछन् । 

त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले सनराइज क्यापिटल लिमिटेड, कमलपाेखरी, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

61287589ce7e0.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको