Like us!
Follow us!
Connect us!
Watch us!

श्री जननमूना माध्यमिक विद्यालयलाई ज्योति विकास बैंकको सहयोग

अर्थ संसार

शुक्रबार, ११ भदौ २०७८, १५ : ३५ मा प्रकाशित

श्री जननमूना माध्यमिक विद्यालयलाई ज्योति विकास बैंकको सहयोग

ज्योति विकास बैंकद्वारा वीरेन्द्रनगर सुर्खेत,पिपलचौतारा वडा न. ६ स्थित श्री जननमूना माध्यमिक विद्यालयलाई बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत रहेको हाम्रो विकास प्रवर्द्धन कोषमार्फत समुदायमा व्यवस्थितढंगले पिउने पानीको धाराको निर्माण र व्यवस्थापन गर्नकालागी आर्थिक सहयोग प्रदान गरेको छ।

समुदायमा व्यवस्थित ढंगले शुद्व पिउने पानीको धाराको निर्माण र व्यवस्थापन गर्नका लागी बैंकले श्री जननमूना माध्यमिक विद्यालयलाई एक कार्यक्रम मार्फत एक लाख पचास हजार बराबरको आर्थिक सहयोग गरेको छ।

विद्यालयमा आयोजित कार्यक्रममा ज्योति विकास बैंककातर्फबाट बैंकको सुर्खेत शाखाका शाखा प्रबन्धक जिवन जोशी, विद्यालयका तर्फबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्दप्रसाद कोइराला, प्रध्यानाध्यापक यामबहादुर श्रेष्ठ र वीरेन्द्रनगर वडा न.६ सुर्खेतका वडा अध्यक्ष मोतीप्रसाद कंडेलको उपस्थिति रहेको थियो।

खानेपानी धाराको जडान पश्चात सो विद्यालयका विद्यार्थीहरु, समुदायका मान्छेहरु र आवतजावत गर्ने बटुवाहरुले शुद्ध खानेपानीको लाभ लिन सक्नेछन्।

नेपाली समाजमा स्थानीय तहमा सुषुप्तरुपमा रहेका सम्भावनाहरुको पहिचान गरी त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित ूहाम्रो विकास प्रवर्द्धन कोषू मार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्षरुपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यहरु गर्दै आएको छ।

ज्योति विकास बैंकले हाल १०५ शाखाकार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ। 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको