Like us!
Follow us!
Connect us!
Watch us!

आरविवि म्युचुअल फण्ड १ नेप्सेमा सूचीकृत

अर्थ संसार

शुक्रबार, ११ भदौ २०७८, १६ : ०७ मा प्रकाशित

आरविवि म्युचुअल फण्ड १ नेप्सेमा सूचीकृत

राष्ट्रिय वाणिज्य बैंक कोष प्रवद्धक रहेको आरविवि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित पहिलो बन्दमुखी योजना “आरविवि म्युचुअल फण्ड १” नामको योजना प्रति इकाई १० रूपैयाँ अंकित दरले १२ कराेड ५० लाख इकाई नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार हुन सक्ने गरी सूचीकरण गर्ने सम्झौता सम्पन्न भएकाे छ ।

उक्त सम्झौतापत्रमा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुँयाल र आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन् ।

रष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सहायक कम्पनी आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले आरविवि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी असार २३ गतेदेखि असार २७ गतेसम्म ‘आरविवि म्युचुअल फण्ड १’ निष्कासन गरेकाे थियाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको