Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेको निमित्त सीईओमा निरन्जन फुयाल

नेप्से

शुक्रबार, ११ भदौ २०७८, १६ : ५० मा प्रकाशित

नेप्सेको निमित्त सीईओमा निरन्जन फुयाल

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) काे निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी निरन्जन फुयाललाई दिइएकाे छ । 

नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पदबाट राजिनामा दिएसँगै अर्को व्यवस्था नभएसम्म फुयाललाई निमित्त सीईओको जिम्मेवारी दिइएको हो ।

नेप्सेको सञ्चालक समितिकाे बैठकले नियमित कार्य सुचारु राख्नका निम्ति उनलाई याे जिम्मेवारी प्रदान गरेकाे हाे ।

यही मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले राजिनामा दिएका थिए ।  उनको कार्यकाल आगामी असोज २२ गते सकिँदै थियाे । 

नेप्सेमा सूचिकृत नभइसकेका कम्पनीको सेयर किन्नु नेपालको प्रचलित कानून बमोजिम गैर कानुनी नहुने भएतापनी प्रश्न चिन्ह उठेकाले अर्थमन्त्रालयलाई अनुसन्धानमा सहज होस् भनेर नैतिकताका आधारमा पदबाट राजिनामा दिएकाे साउदले बताएका थिए । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको